logo
  • शुक्रबार, असोज ९ २०८३

१२ कक्षाका विधार्थीले ११का विधार्थीलाई स्वागत गरे


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे, गुल्मी असोज ७।
महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामी टक्सार गुल्मीका कक्षा १२ का बिद्यार्थीहरुले कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरेका छन । गत बर्ष एसएलसी उत्तिर्ण गरी बिभिन्न कोर्स अध्ययन गर्न भर्ना भएका बिद्यार्थीहरुलाई कक्षा १२ का बिद्यार्थीहरुले स्वागत गरेका हुन ।
school
स्वागत गर्नको लागि आयोजना गरिएको कार्यक्रममा कक्षा १२ का बिद्यार्थी जगत अधिकारीको अध्यक्षता रहेको थियो भने बिद्यालयका सहायक प्राचार्य बुद्धि प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले बिद्याथर््ीहरुलाई अनुशासित भइ अध्ययन गर्न सुझब दिदै बिद्यार्थीहरुलाई लगनशील हुनको लागि आग्रह गर्नुभएको थियो ।

त्यसैैगरी उहाँँले भबिष्यका देश बनाउने काँधहरुले बिद्यार्थीहरु भएको हुनाले शिक्षा पनि उत्तिकै बलियो तरिकाले आर्जन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कक्षा ११ बाट हेम बिक, कक्षा १२ बाट मिन सलामीले आफ्नो धारणा राख्दै बिद्यालयको शिर उचो रहने गरी आफुहरुले अध्ययन गर्ने बताउनुभएको थियो । बिद्यार्थीहरुले आफ्नो आफ्नो प्रस्तुती दिदै सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा पुनम दर्लामी, अमृता राना तथा भिमा श्रीसले गीत मार्फत सबैलाई स्वागत गर्नुभएको थियो भने कक्षा १२ को बिद्यार्थी मन्जु घर्तीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कक्षा १२ का बिद्यार्थी रमेश रसौली तथा गीता खरेलले गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले जलपान कार्यक्रमको पनि आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend