साझा नेटवर्क
अनिल खत्री,गुल्मी असोज ७ ।
हिन्दुहरुको महान पर्व बिजया दशमी नजिकिदै गर्दा गुल्मीको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजारमा बिस्तारै चहलपहल बढ्न थालेको छ ।

चाडपर्वमा लामो समय सम्म देश तथा प्रदेसमा रहेका नेपालीहरु चाडपर्व मनाउन आफ्नो घर आउने हुनाले पनि बजार तथा गाउँघरमा चहल पहल बढन थालेको हो । चार्ड पर्वको लागी बजारमा दैनिक उपभोग्य सामान किनमेल गर्न गाउँबाट बजारमा उपभोक्ताहरु आउने गरेसगै बजारमा चहल पहल वढेने गरेको छ।
गुल्मीको सदरमुकाम तम्घासका लगायत ग्रामीण भेगका मुख्य बजारमा चहल पहल वढे सगै चाडपर्वलाइ लक्षित गरि गुल्मी उद्योग वाणिज्य संघले शनिवार बन्द रहदै आएका बजार खुल्ला गर्ने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो ।
हिन्दुहरुको महान पर्व बिजया दसमी तथा दिपावली लगतै पेन्सन क्याम्प सम्मको लागी शनिवार बन्द रहदै आएका बजार खुल्ला रहने महासचिव भुसालले जानकारी दिनुभयो । शनिवार बन्द रहने पसल खुल्ला भए सगै उपभोक्ताहरुलाई किनमेल गर्न सहजहुने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend