logo
  • शनिबार, साउन ३० २०८३

लोक दोहोरीको सचिव पदमा निर्देशक बिसीको उमेदवारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी असोज ७।shankar-bc
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि बिभिन्न कलाकर्मीहरुले आफनो उमेदवारी घोषण गरेका छन् । यहि असोज ८,९,१० गते काठमाडौंमा हुने छैटौ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा लोक दोहोरी क्षेत्रका हिरो चर्चित मोडल एबं नृत्य निर्देशक शंकर बिसीले उमेदवारी दिने भएका छन् ।

बिगत लामो समय देखि लोक दोहोरी क्षेत्रमा आफना प्रस्तुहिरु राख्दै आएका मोडल बिसीले आफनो सचिव जित्ने बताएका छन् । तीन वर्षे कार्यकालका लागि हुने महाधिवेशनमा करिव २० वर्ष देखि नृत्य निर्देशक देखि मोडलिङ्ग र गायन क्षेत्रमा समेत प्रबेश गरेका बिसीले यो महाधिवेशनमा आफुलाई अत्यधिकमत साथ सचिव पदमा जित्ने बताए ।

पछिल्लो समय यता लोक संगित क्षेत्रमा आएको बिकृतिलाई हटाउँदै संगित क्षेत्रलाई सबै क्षेत्रबाट सहयोग सदभाव सगै मर्यादित क्षेत्र बनाउनुमा आफनो मुख्य भुमिका रहने मोडल बिसीको प्रतिबद्धता रहेको छ । मोडल बिसी ५ औं अबिधेशनमा केन्द्रिय सदस्यमा निर्बाचित भएका थिए ।

प्रतिष्ठानको महाधिवेशनका लागि ६१ जिल्लाबाट २ हजारभन्दा बढी कलाकारहरु प्रनितिधिरुपमा सहभागी हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend