logo
  • शनिबार, साउन ३० २०८३

गायक प्यासीको हङकङ लण्डन बजारमा 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, असोज ७।
गुल्मेली युवा लोक गायक केहरसिंह प्यासी नयाँ लोक गीत सहित बजारमा आएका छन् । हङकङ लण्डन एल्बम मार्फत उनी बजारमा आएका हुन् । गीतमा मेलिना राइ र स्वयम प्यासीले स्वर भरेका छन् ।

प्यासीकै शब्द रहेको उक्त गीतको संगित दिनेश जिसीले भरेका हुन् । यो भन्दा अघि पनि प्यासीले केही चर्चित गीत लिएर बजार आएका थिए । गीतमा विदेशमा बस्ने, विशेष गरि लण्डनमा बस्ने नेपालीहरूले नेपाललाई माया गरेको उल्लेख गरिएको प्यासीले  जानकारी दिए ।

उनका अनुसार हङकङमा गर्मी भएकोले लण्डनमा बस्न प्रेमीले प्रेमीकालाइ अनुरोध गरेका छन् । तर प्रेमीकाले भने आफूलाई हङकङ शहरनै प्यारो भएको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend