logo
  • शुक्रबार, असोज ९ २०८३

पत्रकार गौतम प्रेस काउन्सिल शसक्त लेखन पुरस्कारबाट सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डौ, असोज ६ ।
प्रेस काउन्सिल नेपालले यस वर्षको सशक्त लेखन पत्रकारिता पुरस्कार रिसव गौतमलाई प्रदान गरेको छ । काउन्सिलले आफ्नो ४७औं वार्षिकोत्सवका अवसरमा बिहिबार काठमाडौमा एक समारोहका बीच ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई पुरस्कार स्वरुप ५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो ।
14429594_1285790358139452_995760466_n
राष्ट्रपति भवनमा आयोजित विशेष समारोह बीच पत्रकारहरुलाई पुरस्कृत गरेको हो । काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई दिएको छ । यस्तै प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार परशु घिमिरेलाई प्रदान गरिएको छ । सशक्त लेखन पत्रकारिता पुरस्कार रिषव गौतम, मोतिराम तिमिल्सना, प्रकाश कुमार खतिवडा र गणेश लम्साललाई दिइएको छ ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकलाई प्रदान गरिएको छ भने स्तम्भ लेखन पुरस्कार कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डांगीलाई दिइएको छ । साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई तथा भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङ्छा राईलाई दिइएको छ ।

सशक्त संचारकर्मी पुरस्कार पवन आचार्य, डीआर पन्त, डा.राजेश झा अहिराज र महेश दास तथा समावेशी पत्रकारिता पुरस्कार लक्ष्मीकुमारी चौधरी, सुशील दर्नाल, रोशन सावाँ, माधवप्रसाद चम्लागाईं, विष्णुलाल बुढा र शीतल महतोलाई प्रदान गरिएको छ । महिला सशक्तिकरण पत्रकारिता पुरस्कार दुर्गा भण्डारी, मनिषा श्रेष्ठ र कविता थापा, क्रियाशिल पत्रकारिता पुरस्कार विनोद शाही, प्रदीपराज वन्त र शेखर अधिकारीलाई प्रदान गरिएको छ ।

युवा सशक्तिकरण पत्रकारिता पुरस्कार श्यामसुन्दर यादव, भुवन शर्मा, लेखनाथ न्यौपाने, हेमन्तकुमार पौडेल र उपेन्द्रराज केसीलाई प्रदान गरिएको छ । पुरस्कृत सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend