साझा नेटवर्क
बिमल खड्का,गुल्मी असोज ६ ।
गुल्मी जिल्लाको छापहिले गाउबिकास समिति अन्र्तगत सिद्धपाटी डाडाँमा रहेको नेपाल टेलिकमको नमस्ते तथा सिडिएमे टावरमा समस्या हुदा स्थानिय सञ्चार बिहीन भएका छन ।

बिगत केहि दिन देखि टावरमा समस्या आउदा सेवा लिईरहेका गुल्मी जिल्लाका छापहिले ,ह्वाङदी , पौदीअमराई, अर्खबाङ नेटा दलिङ र बाग्लुङ जिल्लाका केहि गाबिसका हजारौ सेवा ग्रही मर्कामा परेका शिक्षक लोकेश गिरीले जानकारी दिनुभएको छ । टावर नआउदा नमस्ते, तथा सिडिएमए प्रयोकर्ता थप चिन्तामा परेका छन ।
उक्त ठाउमा केहि बर्ष पहिले नेपाल टेलिकमले नमस्ते टावर सञ्चालन गरेपनि सौर्य प्रणाली सोलारबाट सञ्चालन गरेको हुदाँ तापको अभावले रामो काम नगरेका सेबा ग्रहीले गुनासो रहेको छ । टावर नहुदा फोन तथा नेटको पहुच बाट बञ्चित भएका छन । टावरको समस्याको बारेमा बुझदाँ नेपाल टेलिकमका गुल्मी साखाका प्रमुख उमानाथ पोखेलले आवश्यक सामान काठमाण्डौबाट लिन पठाएको र सामान आएपछि सेवा दिने बताउनुभयो । सोलारबाट सञ्चालन भएको टावरमा अब तत्काल बिधुत सेवा जडान गरी दैनिक सेबा प्रवाहा गर्न स्थानियहरुको माग रहेको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend