logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग अभियान सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गुल्मी,असोज ६ ।
गुल्मीको निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मी मार्फत विभिन्न ठाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग अभियान सुरु गरी आर्थिक रकम थपिँदै गएको छ ।
ambulance
निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीले केही समयअगाडि देखि स्वदेश तथा विदेशका विभिन्न देशमा रहेका यस क्षेत्रका नेपालीबाट अर्थ अभियान सञ्चालन गरेको थियो । उक्त अभियानबाट हालसम्म विभिन्न व्यक्तिबाट रु सात लाख ५० हजार आर्थिक सहयोग सङ्कलन भएको केन्द्रका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको पश्चिम क्षेत्र अर्थात् दुर्गम इलाकामा राम्रो स्वास्थ्य उपचारका लागि एम्बुलेन्स सेवा नहुँदा निकै समस्या भोगिरहेका यस क्षेत्रका जनताको स्वास्थ्य उपचारको सहजताका लागि संस्थाले अभियान सञ्चालन गरेको समेत अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । साथै, उहाँले अब छिट्टै एम्बुलेन्स सेवा सञ्चालन गर्नेसमेत जानकारी दिनुभयो । स्थानीय बासिन्दा भने स्वास्थ्य उपचारमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन हुने आशाले हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend