साझा नेटवर्क
अनिश गैरे, गुल्मी असोज ६।
गुल्मी जिल्लाको वामी गाविसका २ युवतीहरु केही दिन देखी सम्पर्क बिहिन भएका छन । वामी १ बसेरीका दुइ युवतीहरु गत आश्विन २ गतेबाट हराएका हुन ।

हराउने युवतीहरुमा १५ बर्षकी कमला राना तथा १७ बर्षकी सरु राना रहेका छन । त्यस दिन बिहान ५ बजेबाट हराएका उनीहरुको दोजीको लागि प्रहरी चौकी वामीमा जानकारी गराइए पनि कतै फेला पर्न नसकेको बताइएको छ ।
फेला पार्ने महानुभाबहरुले नजिकैको प्रहरी कार्यालय वा ९८४४७८११२७ मा सम्पर्क गर्नु अनुरोध गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend