साझा नेटवर्क
अनिश गैरे, गुल्मी असोज ५ ।
गुल्मी जिल्लाको वामी २ तिम्लेचौरमा रहेको बालशिक्षा प्राथमिक बिद्यालयमा बिद्यालय ब्यबस्थपन समितिको पुनर्गठन गरिएको छ । अमर बहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय समितिको पुनर्गठन गरिएको हो ।
जस्को सदस्यहरुमा मान बहादुर पन्थ, बिना परियार, श्याम बहादुर नेपाली, लोकमाया परियार, लक्ष्मी फुल्लेल तथा शिक्षक प्रतिनिधिमा नन्दकली पन्थ र सदस्य सचिबमा पार्वती खराल रहनुभएको छ । त्यसैगरी ११ सदस्यीय शिक्षक अभिभाबहक संघको समेत गठन गरिएको छ ।
जस्को अध्यक्षमा गँगा पन्थ तथा सदस्यहरुमा माया परियार, लोक बहादुर पन्थ, बिजयनाथ सापकोटा, यमकान्त भट्टराइ, लेखनाथ सापकोटा, प्रेम बहादुर रसाइली, मैया बोहोरा, अमर मल्ल रहनुभएको छ भने शिक्ष्ँक प्रतिनिधिमा नन्दकली न्थ तथा सदस्य सचिबमा बिद्यालयका प्रद्यानाध्यापक पार्वती खराल रहनुभएको छ ।
कार्यक्रममा ब्यबस्थापन समितिका अध्यक्ष अमर मल्लको अध्यक्षता रहेको थियो भने मान बहादुर पन्थको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी श्याम नेपाली, डिलाराम सापकोटा, बाबुराम भुषाल लगायतको आतिथ्यता रहेृको थियो ।
बिद्यालयका शिक्षिका बिमला केसीको स्वागत रहेको कार्यक्तमको सञ्चालन प्रद्यानाध्यापक पार्वती खरेलले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend