साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज ५ ।
गुल्मीको शान्तिपुरमा गए राती मध्य रातमा गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने घटनामा ५ जना घाइते भएका छन् । राती चट्याङ सहित परेको पानीले शान्तिपुर १ बजारमै पहिरो खस्दा जुनिया गाविस ५ घर भै शान्तिपुर १ मा बस्दै आएका ३१ वर्ष दुर्गाबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

पहिरोले जुनिया ५ कै वर्ष ३५ का खेमराज थापा, उनकी श्रीमती ३२ वर्षिय सुनिता थापा, ७ वर्षिय छोरी बर्षा थापा, ३ वर्षकी हिरा थापा र दिब्रुङ ६ का ३१ वर्षिय दिपक मगर घाइते भएको प्रहरीले जनाएको छ । राती १२ बजे पहिरो खसेपछि पहिरोमा च्यापिएकालाई स्थानीय र प्रहरीले तत्काल उद्धार गर्दा ५ जना लाई बचाएका थिए ।

अर्को तर्फ सुतेका ग्रिल उद्योग संचालक दुर्गाको तत्काल उद्धार गर्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्गाले ५ वर्ष देखि शान्तिपुर बजारमा ग्रिल उद्योग चलाउ“दै आएका थिए । घाइतेहरुको शान्तिपुर स्थित स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend