logo
  • शुक्रबार, साउन ८ २०८३

अविरल वर्षाले बागलुङमा घर बगायो, स्थानिय बासी त्रसित


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

बिमल खड्का, बागलुङ असोज ५ ।
बाग्लुङ जिल्लाको पश्चिम देबिस्थान गाउबिकास समितिमा हिजो परेको अबिरल बर्षाले फेरी पनि स्थानियलाई प्रभाब पारेको छ । बाढी सगै आएको खोलाले देबिस्थान गाउबिकास समिति वडा नम्बर २ का मुक्क्त सिंहको घर बाढीले बगाएको छ ।

घरमा रहेका अन्न बाली तथा लक्ताकपडा बगाएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कर्यालय झियाखोलाका अनुसार देबिस्थान गाउबिकास समिति ७ जुग्जाखोलामा रहेको पक्की पुल , तथा मोटर बाटोमा समेत क्षेती पुराएको छ । हिजैको बाढीले सोहि ठाउको बिधुतको प्रशारणमा पनि अबरोध पुराएको छ । घटनामा बाकि के केति क्षेती भएको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यता सोहि स्थानिय तम बहादुर कुवँरलाई फोन गरी सोज्दा वडा नम्बर ७ कै आसे परियारको घर बगाएको र बाहोरागाँउ छापखानी ३ मा गर्भी मगरको घरमा क्षेती पु¥याए छ भने अहिले सम्म मानबिय क्षेती नभएको जनाएको छ । स्मरण रहोस सोहि ठाउमा बाढीले पहिलेनै १९ घर परिवार बिस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend