साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ असोज ४ ।
बाग्लुङ जिल्लाको बुर्तिबाङ र बोंगादोभानका जनताले निर्माण गरि सञ्चालनमा आएको रिठाखोला लघु जलविद्युत आयोजनाले आर्थिक वर्ष ०७२/०७३ को सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ ।
लेखा समितिका संयोजक संयोजक खुमबहादुर छन्त्यालको संयोजकत्वमा गठन गरिएको सामाजिक लेखा परिक्षण समितिमा सदस्यहरु लालबहादुर पुन,रुपा क्षेत्री सम्पूर्ण विक,र शेरबहादुर बोहोरा रहनुभएको थियो।
भेलामा संयोजक छन्त्यालले, आयोजनाको यस आर्थिक वर्षको आम्दानी १२ लाख ५ हजार ४ सय ५४ रुपैयाँ तथा आर्थिक वर्ष ०७१÷०७२ को बचत ६ लाख ४३ हजार ७ सय ९५ रुपैयाँ गरि कुल आम्दानी १९ लाख ११ हजार ६ सय १९ रुपैया रहेको बताउनुभएको छ ।
इसतै आयोजनाले यस आर्थिक वर्षमा कुल ९ लाख ३४ हजार ८४ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।आयोजनाको अव ९ लाख ७७ हजार ५ सय ३५ रुपैयाँ बचत रहेको प्रतिवेदनमा उल्लेख छ । जस्लाई भेलाले अनुमोदन गरेको छ ।
यो आर्थिक हिवावलाई तत्काल प्रत्येक वडामा विद्युत उपभोक्ताहरुको आम भेला गरि सार्वजनिक सुनुवाई गर्ने निर्णय भेलाले गरेको । त्यहाँबाट आयोजना म्यानेजर नारायण घर्तिले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend