logo
  • शनिबार, साउन ३० २०८३

बाग्लुङको ग्रामीण भेगमा स्वास्थ्य तथा सरसफाई अभियान सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिमल खड्का, बाग्लुङ  असोज ४ ।
बाग्लुङ जिल्लाको देविस्थान गाउँ विकास समिति वडा नं. ८ र ९ वडाका स्थानीय जनतालाई स्वास्थ्य तथा सरसफाई सम्बन्धी चेतना दिने उद्धेश्यले आजबाट तालिमको आयोजना गरिएइको छ। नेपाल स्वास्थ्यका लागि पानी नेवाको सहयोगमा सुरु गरिएको उक्त तालिमको स्थानीय आयोजक बासखोला खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजना देविस्थान ८ काल्नेचौर रहेको छ ।

14388776_622975931196174_1706731946_n

गाउँ स्वास्थ्य तथा सरसफाई स्वच्छता समन्वय समितिको संयोजनमा सुरुभएको २ लिदे तालिममा नेपाल स्वास्थ्यका लागि पानी नेवाका सहजकर्ता संझना कुवँर, राधिका शिंह सिर्जना कुवँर तथा कार्यक्रम संयोजक चेत बहादुर कुवँरले सहजीकरण गरिरहनुभएको छ ।

कार्यक्रममा दुइ वडाका गरि ५५ जना स्थानीयको उपस्थिति रहेको छ । उक्त कार्यक्रममा घरायसी तथा व्यत्तिगत सरसफाई एवं सामुदायिक स्वास्थ्यको महत्व र अवधारणा, खानेपानी सुद्धिकरण गर्ने विधि तथा तरिका, च्याङ, जुठ्यान खाडल बनाउने विधीका विषयमा सचेतना गरिने त्यहाँबाट झम सिर्पालीले जानाकारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend