साझा नेटवर्क
प्रकाश धितल, काठमाडौँ असोज ४।
1 LIKE IN YOUTUBE = 1 VOTE FOR नेपाल भन्ने मूल नारा सहित नेपाललाई विश्वमा चिनाउने यो अर्को अवसर प्राप्त भैरहेको छ । यति बेला वातावरण परिवर्तन बिरुद्द सबै नेपाली एक भई नेपाललाई UNFCC AWARD जिताऔँ अन्तरास्ट्रिय भिडियो प्रतियोगितामा सोबिता गौतमले भाग लिएकी छिन ।
जहाँ कि विश्वभरका धेरै युवाहरुले भाग पनि लिएका छन् भिडियो प्रतियोगिताका निर्णायक मण्डलले धेरै भिडियो मध्ये अन्तिम चरणको लागि २० वटा भिडियो छनौट गर्नु भएछ । त्यहि छनौट भएका भिडियोहरु मध्ये पनि यो भिडियो परेको रहेछ उक्त भिडियो लाई युट्युबमा हालिएको छ अनि त्यसै गरि अब छनौट भएका २० भिडियोहरु बीच प्रतियोगिता चल्दै छ ।
युट्युबमा सबै भन्दा बढी जुन भिडियो बढी हेरिन्छ उहीनै प्रतियोगिताको बिजयी बन्दछ ।नेपालबाट यो प्रतियोगिताको पहिलो प्रतिनिधित्त्व रहेको हुनाले सबै जनाले तलको लिंक खोलि भिडियो हेरी लाइक तथा कमेन्ट गरि मलाई अथवा सोबिता अथवा हाम्रो नेपाललाई जित्न सहयोग गरिदिनु होला जुन एउटा नेपाली प्रतिनिधित्त्वको जित ठहरिने छ।
उपयुक्त लागेको खण्डमा आफ्ना साथी भाइ नातागोता सबै लाइ जानकारी दिएर सहायोग गर्नु होस् र भोट गर्ने अन्तिम मिति २३ सेप्टेमबर सम्म रहेको छ ।
भिडियो हेर्नुहोस।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend