logo
  • शनिबार, भाद्र २० २०८३

काभ्रे सम्पर्क समिती कतारको प्रथम महाधिवेशन हुदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,  कतार असोज ३।
काभ्रे सम्पर्क समिती कतारको प्रथम महाधिवेशन सेप्टेम्बर २३ तारिखका दिन हुने भएको छ । समिति काभ्रे जिल्लाबाट कतार आएका सम्पुर्ण काभ्रेलीहरुलाई समेटेर गठन गरिएको छ ।
kabhre
काभ्रे सम्पर्क समिती कतारले सो कार्यक्रममा उपस्थित हुन कतारका विभिन्न सामाजिक तथा अन्य संघ संस्थालाई पत्राचार गरिसकिएको र पत्र प्राप्त गर्न नसकेका संस्थाहरुलाई पनि यसै समाचार मार्फत संस्थागत रुपमा प्रतिनिधित्व गरिदिन समितीले अनुरोध गरेको छ ।

कतारको दोहा मन्सुरा स्थित एसियन सेफ फिलिपिनो रेष्टुरेन्टमा सम्पन्न हुन गईरहेको सो कार्यक्रम २३ सेप्टेम्बरको विहान ११.३० बाट सुरु हुने आयोजक पक्षले जनाएको छ ।
कार्यक्रमका बारेमा थप जानकारीको लागि निम्न देहाय बमोजिमको व्यक्तिलाई सम्पर्क गर्न सकिने कुरा पनि आयोजकले जनाएको छ । सम्पर्कका लागि नन्द प्र.ढुङ्गाना मो.नं ५५११४५०४, गौरव राज अधिकारी मो.नं ३३२९५१३८,नारायण बिष्ट मो.नं ५५०३७६२४ रहेका छन ।

साथै कार्यक्रममा जान आउनका लागि गाडीको व्यवस्था समेत गरिएको छ । गाडी छुटने समय र एरियाका सम्पर्क नारायण बिष्ट मो. ५५०३७६२४ स्थान दोहा करुवा बसपार्क समय ठिक बिहान १०:०० बजे ।

सनैया एरियाको लागि दिनेस घिमिरे मो. ६६११४५८५, कान्छा मान श्रेष्ठ मो. ६६५६०५९६ स्थान अलतिया कमर्सेल बैंक अगाडि बिहान ठिक ९:०० बजे स्थान सनैया ३८ नम्बर बलदिया क्याम्प अगाडि राईट साईड पछिपट्टि बिहान ठिक ९:३० बजे स्थान ग्रन्डमलको ४ नम्बर गेट अगाडि बिहान ठिक १०:३० बजे ।

त्यसैगरी साहानिया एरियाको लागि बिनोद दुलाल मो.३३८५४५९ बङ्गगाली मार्केट अगाडि बिहान ठिक १०:०० बजे गाडी छुट्ने कुरा आयोजक पक्षले साझा नेटवर्कलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend