logo
  • शनिबार, साउन ३० २०८३

सक्षम दक्षिण कोरिया र जापानको विकासको मोडेल जस्तै नेपाल बनाउने सपना छ : भट्टाराई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

संगीता कुँवर, जापान असोज ३।
शिक्षा प्रविधी र औधोगीक विकास बिना देश विकास असभ्भव भएको र अब प्रवासमा रहेका नेपाली पनि रोजगार खोज्न भन्दा सिर्जना गर्न देशमा लगानी सिप संगै फर्कनु पर्ने पुर्व प्रधानमन्त्री एवम नयाँ शक्तीनेपालका संयोजक बाबुराम भट्टाराईले बताएका छन ।
baburam-jpn
आईतबार नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता” विषयमा एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कोरीया पछि जापान आईपुगेका भट्टाराईले मुलुकको उच्च पदमा पुगीसकेकोले पदको लोभ नभएको भन्दै पश्चीममा शक्तिको विकासलाई चुनौति दिन सक्षम दक्षिण कोरिया र जापानको विकासको मोडेल हेरेर नेपाल पनि त्यस्तै बनाउने सपना रहेको बताए ।
baburamjpn
प्रचण्डको भारत भ्रमणबारे केहि बोल्न नचाहेको भन्दै अब कुरा भन्दा काम गरेर देखाउने समय आएकोले अब देश विकासको लागि औधोगीक बिकास र लगानी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा जापानमा रहेका बिभिन्न राजनितिक दलका प्रतिनिधि, व्यवसायी, नयाँशक्त्ती नेपालका कार्यकर्ताको उपस्थीति रहेको थियो ।

भट्टराई शनिबार पत्रकार, एनआरएनएजापान र ब्यवसायीसंग छलफल गरेका थिए । साथै आईतबार दुताबासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend