logo
  • शनिबार, भाद्र २० २०८३

गायिका गायत्रीले राष्ट्र सेवा गर्ने (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी असोज ३ ।
दर्जनौ लोक तथा दोहोरी र आधुनिक गितहरु सिर्जना गरेर चर्चा कमाउँदै आएकी गितकार एबं गायिका गायत्री थापाले अभिनयको क्षेत्रबाट पनि चर्चा कमाउन सफल भएकी छन् ।
gayatri-1
केहि वर्ष यता बिभिन्न गितहरु सिर्जना गरेर, गाएक दर्शक श्रोतामा लोकप्रिय बन्न सफल गितकार एबं गायिका गायत्री थापा हालै बजारमा आएको जानुका कुवँरको “राष्ट्र सेवक छोरी मत देसको सेवा गर्छु” एल्वममा उनले गरेको अभिनय पछी थप चर्चा बटुल्न सफ ल भएकी छन् ।

जानुका कुवँरको शब्द र खुमन अधिकारीको लय रहेको उक्त गितमा गायत्री सगै नेपाली चलचित्र क्षेत्रका नायक धिरेन शाख्यको अभिनय रहेको छ । फौजीको कथा बस्तुमा मर्मस्पर्शी कथा बस्तु तयार भएको गितको म्युजिक भिडियोमा धिरेन र गायत्रीको अभिनयले झनै राम्रो बनाएको छ ।

दर्जनौ गितहरु सृजना सगै आफनो सुमधुर स्वर भरेर दर्शक श्रोतामाझ लोकप्रिय थापा यो गितबाट पनि थप चर्चा सगै धेरै दर्शक श्रोताको मन जित्न सफल हुने आशा लिएको बताइन । संगित सिर्जन देखि गायन र अभिनयलाई पनि संगसगै लैजाने उनले बताइन । देस र जनता प्रति सर्मप्रित राष्ट्र सेवक सुरक्षाकर्मीहरुको मार्मिक वेदनालाई समेटेर उक्त गित तयार गरिए छ ।

राष्ट्र भएर देसको सेवा गर्नु पर्छ भन्ने भावमा गित तयार भएको छ । गितमा चर्चित गायक खुमन अधिकारी र गायिका जानुका कुवँरको सुमधुर स्वर रहेको छ । गित शिवदर्शन फिल्मस्ले बजारमा ल्याएको छ ।

गितको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend