साझा नेटवर्क
नानु माया, साइप्रस असोज ३ ।
प्रवासमा बिदाको दिन सबैले आ-आफ्नो तरिकाले बिताउँछ्न । कोहि आराम गर्छन् ,कोहि साथीभाइ भेट्घाट र घुमघाम गर्छन कोहि भने समाज सेवामा बिताउँछन । यस्तै छुट्टीको समयलाई सदुपयोग गर्दै अध्ययनको सिलसिलामा युरोपेली मुलुक साइप्रस पुगेका नेपाली विद्यार्थीले आधुनिक गीतको म्युजिक भिडियो निर्माण गरेका छन ।

संगीत यात्रा एल्बममा समेटिएको “बहाना हजार छन्” बोलको गीत बजारमा आएको छ । संग्स नेपालले बजारमा लिएर आएको सो गितको छायांकन साइप्रसको रमणीय पर्यटकिय स्थल लिमासोल, निकोसिया, लार्नाका लगाएतमा भएको छ । आधुनिक गायक बाबुराम प्रधानको स्वर रहेको सो गीतको शब्द रचना भुपेन्द्र खड्काले गरेका छन् ।
सन्तोष बडाल र सुजेन लामा द्वारा अभिनित भिडियोलाइ बिरन मगर र सन्तोष के.सी.ले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् । मनोज संगसन्ले भरेको संगीतलाइ र गोपाल रसाइलीले एरेन्ज गरेका हुन् बिछोडको कथालाइ मुख्य पृष्ठ भुमि बनाई अन्यौल शानुले निर्माण गरेको सो भिडियोलाइ बिरन मगरले निर्दशन गरेका हुन् ।
निकै मेहनत गरेका छौ, दर्सकले पक्कै पनि मन पराउनु हुनेछ भन्ने पूर्ण आशा मा छु निर्देशक मगरले भने । मगर द्वारा निर्देशित यो दोस्रो भिडियो हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend