logo
  • शनिबार, भाद्र २० २०८३

अलपत्र परेका पिडितलाई नमस्ते नेपाल कतार शाखा द्वारा खाध्यान्न सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, असोज २ ।
रोजगारीको शिलशिलामा कतारमा आएका ६ जनालाई नमस्ते नेपाल शाखा कतारको टोलीले खाद्यान्न सहयोग गरेको छ ।

14397375_1402726123088367_975834330_nजन्मभुमि छोडेर परिवारको खुशी अनि जीवनयापनको क्रममा १५ महिना पहिले क्षितिज मेनपावर देखि कतार आएका मोरङ डङराह-५ कमलपुरका सुरद लाल शाह, सुनसरी डुमराह-३ का ढकन बिक, तनहु रानिपोखरी-६ का ईश्वर क्षेत्री, बागलुङ गलकोट-३ का दान बहादुर बिक, रुपन्देही मझौली-६ का महमद हुसेन, भैरहवाका महमद अर्सद बिगत ५-६ महिना देखि अलपत्र परेको खबर सस्थालाई प्राप्त भएको थियो ।

बिना पारिश्रमिक काम गर्नु पर्ने, खान र बस्न नदिएको सुने पछि नमस्ते नेपाल हातेमालो सामाजिक संस्था कतार शाखाका अध्यक्ष रमेश दर्नाल सहित पदाधिकारीहरुको टोलिले पिडितहरुलाई प्रत्यक्ष भेटि सोधपुछ गर्दा पीडितले ५-६ महिना देखि राम्रो संग बस्न र खान नपाएको गुनासो गरेपछि तत्काल सस्थाको बैठक बसी पिडितहरुलाई सहयोग गर्ने निर्णय गरि तत्काल आवश्यक पर्ने चामल,दाल तेल, मर-मसला, नुन ईत्यादी खाध्यान्न सहयोग गरेको छ।

पिडितहरु भन्छन- भगवान भनेको तपाईहरुनै हुनुहुदो रहेछ। खान बस्न पनि अर्काको शरणमा बस्नु पर्ने बाध्यता भएको हुदा जसरी भए पनि नेपाल फर्किन पहल गरिदिन आग्रह गरेका छन । सस्थाका अध्यक्षले सम्बन्धित निकाय र पिडितहरुको जिल्ला सस्था संग समझदारी गरि घर फर्काउने पहलमा लाग्ने आस्वाशन दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend