logo
  • शनिबार, भाद्र २० २०८३

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था कतार शाखा द्वारा अग्नि पीडितलाई सहयोग रकम हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल भट्टराई, कतार असोज ०२ ।
विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था कतार शाखाले अग्नि पिडितलाई सहयोग गरेको छ । प्युठान जिल्ला लुङ्ग गा.बि.स. वडा नम्बर-९ पुर्णा गाउ निवासी सोहि सस्थाकी आजिबन सदस्य सुष्मा पुन मगरको घरमा २०७३ बैशाख ६ गते आगलागी हुदा पुरै घर नष्ट भएको थियो ।
14360303_1402679053093074_726016828_o
रातको ११:३० बजे सबै जना घरमा सुतिरहेको बेला अचानक आगो लागि भएको थियो। समयमा नै आगो लागि भएको जानकारी भएर भाग्दा मानबिय क्षेति भने नभएको पिडित पुनले बताउछिन् । विभिन्न संघ सस्थामा सक्रिय उनि सांगेतिक क्षेत्रमा कतारको अब्बल गायिका रहेकी पुन समाजमा छुट्टै परिचय बनाउन सफल भएकी छन् । सस्थामा सहयोगको लागि परेको निबेदनको आधारमा र स्वयं पिडित उपस्तिथ बैठकमा सम्पुर्ण पदाधिकारी र सदस्यहरुबाट जति सक्दो छिटो पिडितलाई राहत सहयोग गर्ने निर्णय गरि तत्काललाई कतारी रियाल १६१३ हस्तान्तरण गरेको छ ।

सहयोग रकम लिदै सुष्मा भनिन:- घर आगलागिमा परेर चिरिएको मन केहि हद सम्म पुरिएको आभास गरेको छु भनेर सस्थालाई धेरै भन्दा धेरै धन्यबाद र सस्थाको सफलताको शुभकामना दिएकी छन् । सस्थाका अध्यक्ष रमेश दर्नालको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा सस्थाका प्रमुख सल्लाहाकार ईश्वर काफ्ले प्रमुख अतिथि रहेका थिए । प्युठान सेवा समाजका उपाध्यक्ष बलदेब राना, स्यांग्जा सहयोग समाजका उपाध्यक्ष अबु अलि बिशेष अतिथि रहेका थिए । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथिले थोरै भए पनि पिडितको घाउमा मलम लगाउन पाउदा खुशी छौ ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष दर्नालले घर पूर्ण क्षेति भएको कारणले सस्थाले पहिलो चरणको सहयोग गरेको र आउदा दिनमा सहयोग गर्ने बचनबद्धता गर्दै कार्यक्रम समापन गरेका थिए । सस्थाको सचिव अनिल भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा सस्थाका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend