साझा नेटवर्क
बिमल खड्का, बाग्लुंग असोज ०२ ।
बुर्तिबाङमा सञ्चालित आर.सि.जि लघु जलविद्युत आयोजनाले ग्राहकसँगबाट अनावश्यक सेवा शुल्क र जडान चार्ज लिएको भन्दै प्रशासनमा परेको निवेदन उपरको छलफलले आज कुनै टूगो लगाउन सकेन।
सञ्चालक पक्ष र उपभोक्ता पक्षबीचको छलफल आ आफ्नै अडानमा कायम रहेपनि टुँगो नलागेको हो । गत साउन १० गते आएको बाढीले आयोजनाको कुलो बगाएपछि करिव एक महिना लगाएर मर्मत गरि भाद्र महिनाको अन्तिम साता यता विद्युत सेवा सञ्चालनमा आएको भए ।
पनि आर सि जी लघुजलविद्युत आयोजनाले यहाँ स्थित विभिन्न उपभोक्तालाई प्रति घरधुरी २ हजार तथा विभिन्न कम्पनी, कल कारखाना, संघ संस्था र वित्तिय संस्थाहरुलाई ३ हजारका दरले सेवा शुल्क लिने विलिङ गरेपछि उपभोक्ताहरु नै निवेदन लिएर भाद्र ३१ गते प्रशासन पुगेका थिए ।
उपभोक्तालाई, के कति कारणले सञ्चालकले अत्यधिक महंगो जडान चार्ज लिएको कुरा र स्थापना कालमा साढे ७ रुपैयाँ रहेको विद्युत महसुल करिव १० वर्षको अन्तरालमा महसुल समेत बढेर प्रति युनिट १५ लिने गरिएको हुँदा उपभोक्ता माथि एकाधिकारवादी सोंचले मर्कामा पारिएको उपभोक्ताको गुनासो छ ।
यसै विषयमा निवेदन परेपछि आजको छलफल एकीकृत सेवा केन्द्रकै तर्फबाट आयोजना गरिएको थियो।छलफलमा सञ्चालनका तर्फबाट आरसिजी लघु जलविद्युत आयोजनाका सञ्चालक चित्रबहादुर भण्डारीले, आफूले नितान्त व्यत्तिगत लगानी गरेको र विद्युत निर्माणमा कुनै अनुदान नलिएको हुँदा आफ्नो व्यक्ति गत लगानीको विद्युतको महसुल तथा सेवा शुल्क आफुले निर्धाण गर्न सक्ने अडान राख्नुभएको छ।
साथै वाढी पहिराको कारण आफ्नो विद्युत आयोजनाको २०औं लाखको क्षति भएकाले त्यसको निर्माणका लागि सेवा ग्राहीबाट २ हजार र ३ हजारका दरले सेवा शुल्क लिने आरसिजी सहकारीको निर्णय रहेको बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend