logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा धनकुटाले भलिबलमा प्रथम स्थान हात पार्न सफल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रबिन थापामगर, दोहा कतार असोज ०२ ।
इस्लाम धर्मालम्बीहरुको महान चाड बकर इदको उपलक्ष्यमा मार्सिगालिया युथ क्लब द्धारा आयोजित खुल्ला भलिबल प्रतियोगितामा धनकुटा प्रवासी सेवा समाज कतारको भलिबल टिमले प्रथम स्थान हासिल गरि क.रि.२५००।– (ने.रु. करिब ७५ हजार) नगद, ट्रफि र प्रमाण पत्र हासिल गर्न सफल भएको छ ।

12963522_1148706801826568_8496819652917258680_n

प्रतियोगितामा कतारका रहेका विभिन्न संस्था र क्लबका गरि १९ टिमको सहभागिता रहेको थियो । बकर ईदमा २ दिन सम्म चलेको खेलमा बाग्लुंग बुर्तिबाङ्ग लाई हराउँदै धनकुटाले बाजी मारेको हो ।

14331565_304233109943923_336336508_n

कतारमा रहेका नेपालीहरु माझ अत्यन्त लोकप्रिय खेल भलिबल डिउटी सकेपछिको खाली समयमा आफ्नै क्याम्प वा खालि स्थानमा समुह बनाई खेल्ने गर्छन । टिमको संयोजन, अनुशासन र कडा मेहनतले यो जित सफल भएको धनकुटाका टिम ब्यबस्थापक कुमार घिमिरेले बताउनु भयो ।

14365495_304233106610590_1432524362_n

यसै बिच गत शुक्रबार धनकुटा प्रवासी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरि विजयी खेलाडी, प्रशिक्षक र ब्यबस्थापकलाई सम्मान गरेको छ ।14341818_304233076610593_965664337_n

कार्यक्रम संस्थाका अध्यक्ष ललित लिम्बुको अध्यक्षतामा र सल्लाहकार संयोजक तुलसी सुबेदीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रम महासचिव रञ्जिब थापाले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend