logo
  • शुक्रबार, असोज ९ २०८३

रेडियो परिवर्तनको आयोजनामा आधारभुत पत्रकारीता तालिम शुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बाग्लुङ असोज २।
जिल्लाको पश्चिम क्षेत्र बुर्तिबाङ बजारमा स्थापना भएको सामुदायिक रेडियो परिवर्तनले शनिबारबाट आधारभुत पत्रकारीता तथा बजार व्यबस्थापन समबन्धी ३ दिने तालिमको सुरुवात गरेको छ । रेडियोका अन्तरिक वार्षिक कार्यायोजना अनुसार ग्रामीण क्षेत्रबाट रिपोर्टिङ गर्ने जनशक्ति निर्माण तथा रेडियो कार्यक्रम उत्पादनका लागि आवश्यक प्रस्तोता निर्माण र वजार व्यवस्थापनका लागि तालिमको आयोजना गरिएको हो ।

रेडियोले आयोजना गरेको तालिममा पश्चिम बागलुङका विभिन्न गाउँ विकास समितिबाट प्रतिनिधित्व भएको छ । तालिममा विषेशगरि गाउँ विकास समितिमा रहेका सामाजिक परिचालकहरुको उपस्थित उल्लेख्य रहेको छ । पत्रकारिता तथा बजार व्यवस्थापन सम्बन्धि दिईने तालिमबाट आगामी दिनमा पत्रकारिता क्षेत्रबाट आफनो व्यत्तिगत करियर निर्माणमा सहयोग पुराउनुका साथै रेडियोले स्थायी प्रतिनिधिको जिम्ममेवारी दिने रेडियोका अध्यक्ष लोकेकन्द्र सुनारले बताउनुभएको छ ।

शनिबार भएको उदघाटन कार्यक्रम रेडियोका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षता, स्टेशन म्यानेजर राम सुवेदीको स्वागत तथा उपाध्यक्ष निमलाल पाण्डेको शुभकामना मन्तव्य र लेखापाल विमल खडकाको सञ्चालनमा सम्पन्न भएको छ । तालिम आज दोस्रो दिन पनि जारी रहेको छ । उक्त तालिम आगामी आश्विन ३ गतेसम्म चल्ने छ । विभिन्न अभ्यासका क्रियाकलापहरु सहित समाचार संकलन रिपोर्टिङ, मार्केटिङ र कार्यक्रम उत्पादनका विषयमा तालिम केन्द्रित रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend