logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा ३ वर्षमा १ सय १४ दुर्घटना ५४ को मृत्यु २ सय ९४ घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असोज २ ।
गत आर्थिक वर्षमा जिल्लामा २८ सवारी साधन दुर्घटना भएका छन् । जसमा १९ जनाले ज्यान गुमाए, ३७ जना शक्त र १४ जना सामान्य घाइते भए । जसमा ५ बस, ७ जीप, ६ ट्याक्टर र मोटरसाइकल ११ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

busacc

दुर्घटनामा महिला २ र पुरुष १५ जनाको मृत्यु भएको छ । भने २ जना बालबालिकाको ज्यान गएको छ । त्यस्तै २८ पुरुष र ९ महिला सक्त घाइते भए । महिला ६ जना, पुरुष ६ र बालबालिका २ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।

त्रिबर्षिक दुर्घटनाको विवरणलाई तुलना गर्दा आर्थिक बर्ष ०७०÷७१ मा ४६ र ०७१÷७२ मा ४० वटा सवारी दुर्घटना भएका थिए ।आव ०७०÷७१ मा महिला ६ पुरुष १० र बालबालिका २ गरी १८ र ०७१÷७२ मा १ महिला, ११ पुरुष र ५ बालबालिका गरी १७ जनाले ज्यान गुमाएका थिए । सक्त घाइतेहरु ०७०÷७१ मा ३० महिला ४२ पुरुष र १३ बालबालिका गरी ८५ जना भए ।

jeep_accident_

त्यस्तै ०७१÷७२ मा महिला १५ पुरुष २७ र बालबालिका ७ गरी ४९ जना सक्त घाइते भए । ०७०÷७१ मा २२ महिला ४४ पुरुष ४ बालबालिका गरी ७० जना, ०७१÷०७२ मा ११ महिला १६ पुरुष र १२ बालबालिका गरी ३९ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी हवल्दार भरत कुमार गुरुंङ्गले जानकारी बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले निकालेको तीन बर्षे तथ्यांकलाई तुलनात्मक बिश्लेषण गर्दा सवारी दुर्घटनाको स्थितीमा सुधार आएको देखिन्छ । अघिल्ला तीन बर्षमा सवारी दुर्घटना क्रमश ४६, ४० र २८ भए भने मृत्यु हुनेहरुको स्थिती क्रमश तीन बर्षमा १८, १७ र १९ रहेको छ ।

Relatives of two motorcycle riders obstract the road along the Prithvi Highway demanding compensation after the riders died after being hit by a tipper in Ghansikuwa of Tanahun district on Thursday, December 31, 2015. Photo: Madan Wagle

त्रिबर्षिय विवरणमा सवै भन्दा बढि जीप त्यसपछि कार र मोटर साइकल दुर्घटना भएका छन् । भने दुर्घटनामा सवै भन्दा धेरै ३६ पुरुष, ९ महिला र ९ बालबालिकाले ज्यान गुमाए । त्यस्तै घाइते पनि १ सय ६३ पुरुष, ९३ महिला र ३८ बालबालिका रहेका छन् ।

यसैबिच राजश्व संकलनमा भने प्रगती भएको छ । आर्थिक बर्ष ०७२÷७३ मा ३ हजार ७ सय ४० सवारी साधन कारबाहिमा परे । जसमा १६ लाख १४ हजार ६ सय राजश्व संकनल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रेक श्रेष्टले बताउनुभयो ।

आर्थिक बर्ष ०७१÷०७२ को तुलनामा यो झण्डै २ लाख बढि हो । राजश्व संकलनको तीन बर्षे स्थिती हेर्ने हेर्दा क्रमश ०७०÷७१ मा १० हजार ८ सय ९० सवारी कारबाहीमा परे १८ लाख ४० हजार १ सय राजश्व संकलन भयो ।

त्यस्तै आव ०७१÷७२ मा ५ हजार ४ सय ८४ सवारीलाई कारबाही गरियो १४ लाख २७ हजार ३ सय राजश्व संकलन गर्न ट्राफिक प्रहरी सफल भयो । गत आर्थिक बर्षमा कारबाहिमा पर्ने सवारीको संख्या कम भएपनि राजश्व संकलन बढि छ ।

कारण सरकारले यस बर्ष गरेको शुल्क बृद्धि हो । गत बर्ष मात्रै सवैभन्दा १ हजार ५ सय ७५ मोटरसाइकल कारबाहीमा परे । भने ६ लाख ५४ हजार ५ सय राजश्व असुली भएको छ । त्यसपछि बढि ट्राफिक कारबाहीमा पर्ने क्रमश जीप कार, ट्याक्टर र ट्रक पर्छ ।

पछिल्लो समय सवारीको तिब्र गतिका कारण हुने दुर्घटना कम भएको छ । जसको लागी जिल्लाको मुख्य सडक तम्घास देखि रिडी सम्म ४५ किलो मिटरमा सार्वजनिक सवारीहरुमा टाईम कार्ड लागु गरिएको छ ।

त्यस्तै यातायात व्यवसायी संघ, समितिहरु संग समन्वय गरी सम्बन्धीत चालकहरुलाई समय समयमा भेला गरी दुर्घटना न्यूनिकरण सम्वन्धी प्रशिक्षण दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

साथै विद्यार्थीलाई ट्राफिक कक्षा संचालन, सुरक्षित चालक बनाउन कक्षा संचालन, व्यवसायी चालक तथा सहचालकलाई कक्षा संचालन, सर्वसाधरणलाई कक्षा संचालन, अन्तरकृया कार्यक्रम, पर्चा पम्प्लेट वितरण कार्यक्रम पनि दुर्घटना न्यनिकरणका कारण बनेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend