साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज २।
सामुदायिक रेडियो स्काई ९०.४ मेगाहर्ज शनिबारबाट छैठौ बर्षमा प्रवेश गरेको छ। बार्षिक उत्सव तथा ५ दिने रेडियो उद्घोषण तालिमको उद्घाटन समारोहमा शुभकामना दिन्दै रेडियो संचालक समितिका अध्यक्ष शालिकराम पन्थीले श्रोताको माया र सद्भाव रहुन्जेल सामुदायिक रेडियो स्काई पनि रहने बताए।

उहाँले जिल्लाका अरु व्यावसायीक रेडियोहरुसंग सामुदायिक रेडियोहरुलाई तुलना गर्ने जिल्लाका विकासे अड्डा र प्रसासकहरुको गलत प्रवृतिको आलोचना गर्नुभएको थियो । उहाँले नाफा रहित एवं राज्यको सम्पतिको रुपमा स्थापीत सामुदायिक रेडियोहरुलाई प्राथमिकताका साथ हेर्न समेत आग्रह गर्नुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ट, एमालेका माधव ज्ञवाली तथा माओवादी केन्द्रका संयोजक बिर बहादुर कार्कीले संविधान कार्यानयमा प्रमुख भुमिका अव सामुदायिक रेडियोहरुको हुने औल्याउनुभयो ।
समाजका हरेक गतिविधी संग जनता र राज्य बिच समदुरी कायम गर्ने माध्यम रेडियो भएकाले सवैको सहयोग र सद्भाव रहनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा समाजसेवी रुद्र बहादुर भुजेल, स्थानीय शान्ति समितिका संयोजक जर्नादन घिमिरे, महिला तथा बालबालिका कार्यालयकी सहायक महिला निरिक्षक पवित्रा पाण्डेय, नेपाल टेलिभिजन रेसुङ्गा टावरका प्रमुख जयशंकर त्रिपाठी, जिल्ला ट्राफिक प्रमुख प्रेम श्रेष्ट लगायतले भुमकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी वल गुल्मका गुलमपति दिग विजय सुवेदीको बिशेष आतिथ्यता रहेको थियो।कार्यक्रममा मोटरसाइकल दुर्घटनामा दिवंगत हुनुभएका रेडियो स्काईका पुर्व स्टेशन म्यानेजर जिडि जोन्स रियाज प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रम रेडियो संचालक समितिका अध्यक्ष शालिकराम पन्थीको अध्यक्षता, उपाध्यक्ष हरि केशीको स्वागत तथा सचिव गोविन्द गौतमको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा रेडियो प्रत्यक्ष प्रसारण पनि गरेको थियो ।

गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीका १ सय ३१ जना वुद्धिजिवी, राजनीतिज्ञ, कर्मचारी, शैक्षिक व्यक्तित्व, पेशाकर्मी, पत्रकार, व्याापारी, समाजसेविको अथक प्रयासवाट यस सामुदायिक रेडियोको स्थापना २०६७ साल असार २३ गते भएको हो ।
असार २३ गतेवाट परीक्षण प्रशारण शुरु गरी असोज १ गतेदेखि नियमति प्रशारण शुरु गरेको यस रेडियोले नियमित प्रशारण भएको दिनको सम्झनामा प्रत्येक वर्ष असोज १ गते वार्षिक उत्सव मनाउँदै आएको छ।

सामाजिक सद्भाव र आर्थिक समृद्धिको लागी समावेशी अवाज भन्ने मुल नाराका साथ स्थापित यस रेडियो समाजिक न्यायका लागी सञ्चार अभियानद्धारा सञ्चालित छ ।पश्चिम नेपालको पहाडी जिल्ला गुल्मी प्राकृतिक, सांस्कृति, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपुर्ण छ ।
गत ५ वर्षको अवधिमा रेडियो स्काईले श्रोताको सुझाव, सल्लाहको आधारमा जन चाहना अनुसारका विभिन्न कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । रेडियो प्रतिको स्रोताको लगाव, इच्छा, चाहनाले गर्दा १ सय वाट प्रशारण क्षमता रहेको यस रेडियोलाई संस्थापकहरुको सल्लाह वमोजिम प्रशारण क्षमता वढाएर ५ सय वाट भएको छ ।
शुरुमा ८८.४ मेगाहर्जवाट प्रशारण हुँदै आएको रेडियो २०७० साल असार १ गतेदेखि ९०.४ मेगाहर्जवाट प्रशारण भैरहेको छ । कार्यक्रममा रेडियोका सम्पूर्ण स्रोता, रेडियोका संस्थापक सदस्यहरु, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, राजनितीक दल, कर्मचारी, पत्रकारका बिच शुभकामना आदानप्रदान भएको थियो ।
५ दिने आधारभुत पत्रकारिता, रेडियो तथा स्टेज उद्घोषण, प्राविधिक एव्र नेतृत्व विकास तालिममा २५ जना सहभागी रहेका छन् । तालिम असोज ५ गते सम्म संचालन हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend