साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
“तपाईं हामि एक अर्कामा हुनुपर्छ सहकार्य, सहयोगि हातहरु आजको अपरिहार्य” भन्ने मुलनाराका साथ कतारमा सकृय रहेको रोल्पा जलजला सेवा समाज दोहा कतारले सभ्य एवम भव्य रुपमा वीवीध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका कोषाध्यक्ष भेषराज पराजुली प्रमुख अतिथी रहेका थिए।

कार्यक्रममा जन प्रगतिसिल मोर्चाका रमेश गिरि, जन सम्पर्क समिति कतारका प्रतिनिधि घनस्याम न्यौपाने, जन प्रगतिसिल मन्च कतार अध्यक्ष सनि कुमार वलि, प्युठान सेवा समाजका वरिष्ठ उपाध्यक्ष वलदेव राना, दाङ देउखुरि सेवा समाजका उपाध्यक्ष बसन्त राज पुरी, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, नेपाल मगर संघ कतार सचिव रबिन थापा मगर, अर्घाखाचि सेवा समाजका अध्यक्ष युवराज पाण्डे, कतार नेपाली एकता समाजका कमल आचार्य, बसन्त फिल्मस प्रा.लि.का प्रवन्ध निर्देशक ईश्वर काफ्ले, लमजुङ सेवा समाजका प्रतिनिधि कमला गुरुङ, गोरखा सेवा समाजका प्रतिनिधि पुर्षोतम लामिछाने, सुदुर पस्चिम सेवा समाजका उपाध्यक्ष लिला अधिकारी, कास्कि आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद राना मगर बिशेष अतिथि रहेका थिए ।
बराह क्षेत्र संरक्षण समितिका अध्यक्ष बलाराम जैसि, रांक प्रवासि सेवा समाजका तुल ब. बि.सि., जन प्रगतिसिल सेवा समाजका प्रतिनिधि सुर्य कुमार खड्का, साझा नेटवर्क डटकमका प्रधान सम्पादक कुमार अविरल, उनुमुख गाउंबिकास समिति कतारका पृथ्वी पुन मगर, रोल्पा तमु कोष समिति कतारका होम तमु, रोल्पा तल्लो गुम्चाल प्रवासि समाज समुह दोहा कतारका हिरा बहादुर बिष्ट लगायत बिभिन्न संस्थाका प्रतिनिधि अतिथि रहेका थिए । साथै कार्यक्रममा रोल्पाली तथा गैर रोल्पालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत तथा वीर शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । समाजका पुर्व महासचिव तथा बुद्धिजिवि एकराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रोल्पा जलजला साङ्गितिक परिवारले स्वागत गित प्रस्तुत गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए।
कार्यक्रमका अथिति कलाकार बलबिक्रम थापाले कुन्नि किन किन, छोडी जाने मायालाई भुल्नै सकिन, चोर बिरालो पल्क्यो जस्ता गित गाए । तेस्तै क्षितिज किरण गैरेले राष्ट्र भावमा सजिएको अबत ढिलो हुन्छ कि साथी हो ! तथा फुल फुलेर पहेलै भयो भन्ने बोलको गित गाए । गायिका शुष्मा पुनले लाहुरे दाईले झुक्कायो मलाई बोलको गित प्रस्तुत गरिन । गायक बिमल ढकालले स्याङ्जा सिरुबारी माझ कटेरी बोलको गित प्रस्तुत गरे ।
तेस्तै अजय परियार, भगवती बस्याल, सन्दिप रानाभाटले नृत्य प्रस्तुत गरे । गुल्मेली माग्ने बुढाको नामले परिचित हास्य कलाकार सुरज बि.सि. तथा अक्ल बहादुर जिम्बा र पुर्णिमा मगरले हास्यव्यंग्य प्रस्तुत गर्दै उपस्थित सबैलाई हसाएका थिए । गायिका कमला गुरुङ,जिवन बिसि, पुर्ण बिष्ट, जिवन खडका,दिपेन्द्र सुनार,रेगम जि.सि. लगायतका कलाकारले फरक फरक प्रस्तुतिले मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा सनि कुमार वलि, बसन्त राजपुरी, मन प्रसाद राना मगर,वलदेव राना, बुद्ध पाण्डे, युवराज पाण्डे, बलराम जैसि, सुर्य बहादुर बिक, लिला अधिकारी, कमल आचर्य लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भेषराज पराजुलिले रोल्पा जलजला सेवा समाजले दोहामा तथा जिल्लामा सकृय भूमिका निर्वाह गरि निकै नै सह्रानीय काम गरेको बताए ।
कार्यक्रमको समापन गर्दै सभापति बसन्त थापाले कार्यक्रमलाई सभ्य एवम भव्य रुपमा सम्पन्न बनाउनका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रम समाजका महासचिव चोम बिष्ट र सांगितिक विभागका महासचिव अज्ञात क्षेत्रीको सयुक्त संचालनमा सम्पन्न भएको थियो ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend