logo
  • शनिबार, भाद्र २० २०८३

आबुधाबीमा बिभीन्न १८ विधामा नेपाली म्युजिक भिडियो अवार्ड  प्रदान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दामोदर दाहाल,युएई असोज १।
संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभल्स एण्ड टुरिजमको संयुक्त आयोजनामा नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रममा दुईजना सभाध्यक्ष सहित युएईका लागी नौलो खालको सुरुवाती  कार्यकर्म गरिएको थियो भने सभाध्यक्ष दुवै  संगीक्षा फिल्म इन्टरटेनमेन्टका मनोज के सी तथा नमस्ते ट्राभलका एकेन्द्र थापा रहेका थिए।%e0%a4%ae-%e0%a5%a8

बिशेष अथितीमा दुताबासबाट भेष बहादुर कार्की, प्रेम बहादुर बोगटी, हिरा यादब त्यस्तै बिजेनेस काउन्सिलबाट डा आसिफ अलि सिद्दीकी, नेपाल ऐर्लाइएन्सबाट रमेश पौडेल, नेपाली समाजबाट चन्द्र प्रसाद सापकोटा, एन आर एन युएई बाट रमेश श्रेष्ठ, गायिका कोमल ओली, संगीतकार योगेन्द्रमणि दाहाल, इ. भरत साक्य समाजसेवी सालिक सुबेदी लगाएत उपस्थिति रहेको थिए।

unnamed-2

कार्यक्रमको प्रमुख अथितीमा नेपाली दुताबास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन रहेका थिए त्यसै गरि कार्यक्रम संचालक नरेश भट्टराईले कार्यक्रम दुई चरणमा आयोजना हुने दर्शकहरुलाई अबगत गराउदै पहिलो चरण अन्तर्गत सभाध्यक्ष द्वय र प्रमुख अथितीबाट पानसमा बती बालि तथा युएई र नेपालको रास्ट्रिय धुन सहित कार्यक्रमको औपचारिक सुरुवात गरियको थियो ।

unnamed

कार्यक्रमलाई बिशेष बनाउने योजना सहित आयोजकले ५ जनाको लागी गिफ्ट ह्याम्पर तथा २ ओटा  लक्की  ड्र अन्तर्गत एयर  अरेबियाको आवत  जावतको लागी  टिकटको घोषणा गरेका थिए ।
कार्यक्रममा प्रमुख अथिती टन्डन र मनोज के सीले स्वागत मन्तब्य राखेका थिए भने एकेन्द्र थापा बाट पहिलो चरणको कार्यक्रमको विसर्जन गरिएको थियो।

unnamed-1

दोस्रो चरण अन्तर्गत कार्यक्रमको प्रस्तुतिमा “शान्ति लुकाउ कहाँ ” निर्त्यबाट सुरु गरिएको थियो जसमा स्वयताको कामुक नृत्यले कार्यक्रम हललाई तताएको थियो भने गायिका कमल ओली र गीतकार योगेन्दमणि दाहाललाई सम्मान पत्र र दोसल्लाले बिशेष सम्मान गरिएको थियो ।

unnamed-4

गोपीकृष्ण पंगेनीको “मायाले बराल्छ” बर्षा राउतको “ब्लाष्ट हुनेवाला छ मेरो जवानी” त्यस्तै सुमन तामांगको “माया बस्यो ख्याल ख्यालैमा” तामांग सेलोको गितले दर्सकहरुलाई हल भित्रै नचाएका थिए।

नेपाली म्युजिक भिडियो अवार्ड २०१६ युएई अन्तर्गत अवार्ड हात पार्ने कलाकारहरुमा बेस्ट म्युजिक नेशनल फिल अन्तर्गत सुरज आचार्य र प्रदिप दाहाल, बेस्ट इमर्जिंग ट्यालेन्ट स्वेता पुजारि, वेस्ट म्यूजिक भिडियो डाइरेक्टरमा मिलन चाम्स, बेस्ट कोरियोग्राफर मा शंकर विसी, वेस्ट भिडियो क्यामेरा पर्सनमा हरि हुमागाई, बेस्ट लिरिक्समा किसोर घिमिरे, बेस्ट रहेका  थिए ।

संगीतकारमा सुनिल मास्के, बेस्ट एरेन्जमेन्टमा अल्मोड उप्रेती, बेस्ट लोक दोहोरीमा रिप कुमार श्रेष्ठ, बेस्ट इडिटरमा प्रकाश तुलाधर, बेस्ट भोकलम्यानमा युबराज चौलागाई, बेस्ट भोकल फिमेलतर्फ मिलन अमात्य, बेस्ट भोकल पप मेल तर्फ अमिक शेख, बेस्ट भोकल पप फिमेल तर्फ दुर्गा खरेल, रहेको  थियो।

बेस्ट म्युजिक भिडियो अन्तर्गत योगेन्द्रमणि दाहाल, बेस्ट म्युजिक भिडियो डाइरेक्टरमा सहेन्द्र श्रेष्ठ, बेस्ट एक्टरसमा बर्षा राउत, बेस्ट एक्टरमा पल साह त्यस्तै गरि बेस्ट चलचित्र नायकमा अनमोल के सी, बेस्ट चलचित्र नायिकामा पुजा सर्मा र चलचित्र निर्देशकमा सुदर्शन थापाले यो बर्ष युएइमा भएको पहिलो नेपाली म्युजिक भिडियो अवार्ड २०१६ अन्तर्गत अवार्ड हात पार्न सफल रहे ।

unnamed-3
अवार्ड कार्यक्रमको बिचमा अहिलेका जल्दाबल्दा निर्देशक सुदर्शन थापाले “गित” फिल्मको सफलता पश्चात ” म यस्तो गित गाउछु” नया फिल्मको निर्माण निर्देशन गर्ने कार्यक्रमहल बाटै घोषणा गरेका छन् उक्त चलचित्रमा नायक पल साह र नायिका पूजा सर्मा रहने जनाइएको छ।

कार्यक्रमको अन्तिममा गायिका कोमल ओलीले दर्शक तथा आयोजकलाई छम-छ्मी कार्यक्रम हल तथा स्टेजमै नचाएकि थिइन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend