साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज १ ।
सशस्त्र प्रहरी बल गुल्म, गुल्मीले अन्तराष्ट्रिय सर सफाई दिवस तथा संबिधान दिवसको अवसर पारेर जिल्लाका बिभिन्न मठ मन्दिर सर सफाई गर्ने अभियान चलाएको छ । प्रहरी वलले शनिवार गुल्म बाट खटिएका राष्ट्र सेवकहरुले रे.न.पा १४ छापमा रहेको मालिका मन्दिर र न.पा १५ दुबिचौरमा रहेको छत्रदेबि मन्दिरमा छुट्टा छुट्टै सर सफाई गरेको छ ।

मन्दिर सरसफाई पछी स्थानिय गंगा बस्नेतले मठ मन्दिरहरुको सरसफाईले समाजमा सुरक्षा निकाय प्रतिको बिश्वास अझ बढने कुरा बताईन । सर सफाई कार्यक्रममा स्थानिय सर्व साधारण व्यक्तिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । बिजया दशमीको संघारमा सशस्त्र प्रहरी बलले यसरी धार्मिक मठ मन्दिरहरु सर सफाई गर्नाले जनताको मन जित्न सफल भएको कुरा दुबिचौर निवासी हुमा बस्नेतले बताए ।

अन्तराष्ट्रिय सर सफाई दिवस, संबिधान दिवस तथा बिजया दशमीको पूर्व संन्ध्या भएको हुनाले बिशेष गरी मठ मन्दिरहरु सर सफाई गरीएको सशस्त्र प्रहरी बल गुल्म, गुल्मीका गुल्मपति डिएसपी दिगविजय सुवेदीले बताए ।

सर सफाई कार्यलाई निरन्तरता दिई सर सफाई मार्फत स्थानियहरु सँग भेटघाट गरी बिजया दशमीको शुभ कामना दिने डिएसपी सुबेदीले बताए । सशस्त्र प्रहरी बल गुल्म, गुल्मीले सरसफाई संगै बिभिन्न सामाजिक कामहरुमा सक्रियता देखाउदै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend