logo
  • शनिबार, भाद्र २० २०८३

पाकिस्तानको एक मस्जिदमा आतंकवादी आक्रमण १६ को मृत्यु २० घाइते


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

एजेन्सी,  भदौ ३१ ।
पाकिस्तानको पेशावरस्थित ग्रामिण भेगमा रहेको एक मस्जिदमा आतंकवादी आक्रमण हुदा १६ जनाको मृत्यु भएको छ । शुक्रबारको नमाजका क्रममा भएको आत्मघाती आक्रमणमा परि अन्य २० जना घाइते भएको अधिकारीले बताएका छन ।

अफगानिस्तान सीमा नजिक रहेको मोहमन्द आदिवासी जिल्लाको बुटमाना गाउमा रहेको मस्जिदमा घटना भएको जनाइएको छ । शुक्रबारको नमाजका लागि मानिसहरु मस्जिदमा भेला भएकै बेला आक्रमणकारीले अल्लाह हु अकबरको नारा लगाउदै आफैलाई बम उडाएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

घटनामा घाईते भएकाहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । अफगानिस्तानसँग सीमा जोडिएको पेशावरको मोहमन्द जिल्लामा तालिबान आतंकी संगठन सक्रिय रहेको छ । पछिल्लो समय सरकारी सेनाले तालिबानी आतंकी संगठनसँग लडाई जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend