logo
  • शनिबार, भाद्र २० २०८३

मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

 

rishi

 

 

 

 

 

 

मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
विद्यार्थीको समस्या, प्रवासीका समस्या
अनि लाखौ श्रम-जीवि नेपालीको समस्या,
सबै ज्यूँ का त्यूँ !
काम-काज त त्यस्तै हो,
मेरो दुतावासले मिटिङ्ग बोलाउँछ !
मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
हरेक प्रवासीको आस,
प्रवासमा काम गर्दा लाग्ने त्यो भोक अनि प्यास,
यी सब वास्ता गर्दैन !

नयाँ सरकार बन्ने बितिक्कै,
अरु काम जे सुकै होस्,
मेरो दुतावासले भ्रमणको तालिका बनाउँछ !
मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !

अनि ९-९ महिनामा भोज लगाउँछ !!
पहिलेको भ्रमणमा सफा गरेको त्यो चर्पी
अनि यस्तै अरु हतार-हतार सफा गर्दछ,
जुन केहि दिन अगाडी जाँदा आफैलाई असहज लाग्थ्यो !
अरु बेलामा त त्यस्तै हो,
भ्रमणको बेलामा सुन्दर बगैंचा बनाउँछ !
मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
रात्रि भोज लगाउँछ,
जो-जो मन लाग्यो त्यहि बोलाउँछ,

बिचरा ति कर्मशील युवाहरुको बोलि अनि प्रवासीको चित्कार,
क्षण भर मै बिलाउँछ !
भोजमा सोमरसको ककटेल बनाउँछ
अनि सबै कुरा यसले मज्जाले पचाउँछ !

मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
-ऋषि आर. अधिकारी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend