साझा नेटवर्क
ओ डाक्टर जाँचेर त हेर
एकपटक मेरो देशलाई
किन सिमानाको मर्ममा दुखि रहन्छ संधै ।।
अनि मिल्छ भने खुवाई देउ पोलियो थोपा पनि
जंगे पिलरलाई लुलो भइ रहन्छ सधै
लडखडाइ रहन्छ सधै ।।
मिल्छ भने काम्रो पनि बाँधी देउ
फेरी नहल्लियोस जंगेपिलर
ओ डाक्टर सक्छौ नाप्न ।।
कर्णालीको भोक तिम्रो इस्थेसिस्कोपले
सुनाउन सक्छ तिम्रो कान सम्म
यदि सुनेनौ भने इस्थेसिस्कोपले आफ्ना कानहरु
भोकापेटहरु नजिकै लगेर त सुन अनि सक्छौ लेख्न
भोका पेटहरुको प्रेस्क्रिप्शन मात्र
नुन र चामल भए पुग्छ।।
ओ इन्जीनियर फर्काएर त हेर
आफ्नो दुरबिन कर्णाली तिर
किन संधै पाराई भई रहेछ ।।
ओ इन्जिनियर नापेर त हेर
दुरी कर्णालीको किन अटेको आभास
हुदैन कर्णाली मेरो देशको मानचित्रमा।।

केदार भण्डारी, झापा – नेपाल हाल : साउदी अरब
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend