logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा अन्तराष्ट्रिय नेपाली दलित शक्तिको घोषणा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

क्षितिज किरण गैरे, कतार  भदौ ३०।
“जातिय छुवाछुतको अन्त्य गरौ,समानता मुलक समावेशी समाजको निमार्ण गरौ” भन्ने मुल नाराका साथ सम्पुर्ण दलितहरुलाई एकताको मालामा बाधेर जातिय छुवाछुत मुक्त गर्ने पहलमा प्रवासबाटै आवाज उठाउने उदेश्यका साथ स्थपित अन्तराष्ट्रिय नेपाली समाजको भातृ संगठन अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतारको “घोषणा तथा सन्देश सभा” मुस्लिम धर्मालम्बीहरुको पबित्र पर्व ईदको दोस्रो दिन कतारको दोहा स्थित अल नक्यान होटलको सभाहलमा बिबिध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
14374802_629169290578272_49642970_o
कार्यक्रममा नेपालबाट आउनु भएकी दलित आन्दोलनकी हस्ती नया शक्ति नेपाल सचिवालय सदस्य तथा दलित बिभाग संयोजक शुशिला श्रीपाली, नया शक्ति नेपाल केन्द्रिय सदस्य तथा जनजाति नेतृ रिता गुरुङ, अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतार बरिष्ट सल्लाहाकार दुर्गा सुनार, जनसम्पर्क समिति कतारका महामन्त्रि मो.अजिज अलि, नेपाली एकता समाज कतारका धन बहादुर पयारियार, तम लोपा कतारका अध्यक्ष हुसेन खान, अन्ताराष्ट्रिय नेपाली समाज कतारका संयोजक बिबि रोषन खराल, उपसंयोजक लाल भट्ट, प्रवत्ता धुर्व क्षेत्रि, नेपाली प्रवासी मन्च कतारका अध्यक्ष गणेश बाबु, जन प्रगतिशिल मोर्चाका महासचिब राम कुवर, नेपाल पत्रकार महासंघ साखा कतारका अध्यक्ष गणेस बन्जाडे बिशेष अतिथि रहेका थिए ।

समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, दलित एकता सन्जाल कतारका अध्यक्ष श्याम नेपाली , परियार मित्रता समाजका केन्द्रिय अध्यक्ष सुमन नेपाली, नेपाली एकता समाज महिला बिभाग सचिब सन्जु सुन्दास,रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बसन्त थापा, प्युठान सेवा समाज कतारका उपाध्यक्ष बलदेव राना, समाज सेवी मो. मुत्तदा लगायत कतारमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा दलित अगवा, बुद्दिजिबीका साथै नौमति पन्चेबाजा सहित अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारका कलाकारहरुको उपस्तिथी रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतारका संयोजक कृष्ण परियारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रको शुरुवातमा नेपालबाट निमन्त्रणा गरिएका प्रमुख अतिथि र बिशेष अतिथिलाई धुमधामका साथ पन्चेबाजा बजायर स्वागत गरिएको थियो त्यस लगक्तै कतारमा रहेका बिभिन्न संगठनबाट आमन्त्रित अतिथिहरुलाई स्वागत अतिथि आसन ग्रहण गरी राष्ट्रिय गान गाईएको थियो । संगै दिप प्रजवलन गरी बिर सहिद हरु प्रति मौन धारण गरीएको थियो ।

ब्यानर अनावरण गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो,कार्यक्रममा स्वागत मन्तब्य संगठनका उपसंयोजक सोम परियारले दिनु भएको थियो । कार्यक्रमको सन्चालन देव परियार तथा अनिल परियारले गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रम अन्तराष्ट्रिय सास्कृसतकि परिवार कताकार संयोजक क्षितिज किरण गैरेले सन्चालन गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ साखा कतारका अध्यक्ष गणेस बन्जाडे,दलित एकात सन्जाल कतारका अध्यक्ष श्याम नेपाली, नेपाली प्रवासी मन्च कतार का अध्यक्ष गणेश बाबु, अन्तराष्ट्रिय नेपाली समाज कतारका संयोजक बिबि रोषन खराल ,समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई , जनसम्पर्क समिति कतारका महामन्त्रि मो. अजिजमिया, एकता समाज महिला बिभाग सचिब सन्जु सुन्दास लगायत आदिले आफ्नो मन्तब्य राखेका थिए ।

साथै कार्यक्रमको बिचबिचमा नौ मति पन्चेबाजा र अन्तराष्ट्रिय सास्कृतिक परिवार कतारका कलाकार हरु द्वारा साँगीगतिक प्रस्तुतिहरु पस्केका थिए । साथै कार्यक्रममा संगठनमा महत्वपुर्ण योगदान गरेका संगठनका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बिशेस अतिथि जनजाति नेतृ रिता गुरुङले अब दलितहरुले समाजमा रहेको जुन किसिमको छुवाछुतको कलंक भोगीरहनु परेको छ । अब त्यसको अन्त्य हुनुपर्छ त्यसमा जनजातिहरुले पनि यस अभियानलाई साथ दिने मन्तब्य दिनुुभएको थियो ।

त्यसैगरी महिला, दलित र जनजाती लगायत पिछडियको बर्गको हक र अधिकारको निम्ति सधै लडीरहने बताउनु भएको थियो । “घोषणा तथा सन्देश सभा” मा नेपालकबाट आउनु भएकी प्रमुख अतिथी सुशिला श्रीपाली ज्यु ले मुस्लीम धर्मालम्बीहरुको पबित्र पर्वको शुभ अवसरमा सम्पुर्णमा दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना दिदै सदियौ देखी दलितहरुले भोग्दै आयको जातिय छुवाछुत भेदभावको पिडा र छुवाछुतको मुक्तीको लागी संगठनले तयार पारेकोे भिजन बारे प्रष्ट पार्नु भएको थियो ।

दलितहरुले अन्जुली थापेर पानी खानु पर्ने बिभेदको अन्तकोलागी अब सबै दलितहरु उठ्नु पर्ने ,छुवाछुतको अन्त्यकोलागी अर्जुन दृष्टी अनुुुसार अघिबढ्नु पर्ने बताउनु भएको थियो त्यसैगरी नयाँ शक्ति नेपालले दलितका हक र अधिकारका बिषयमा समावेश गरेका सबै कुराहरु प्रष्टाउनु भएको थियो ,संगसंगै नया शक्ति नेपालले तयार पारेको आगामी योजना तथा भिजन बारे पनि जानकारी गराउनु भएको थियो ।

लगत्तै प्रवासबाट अन्तराष्ट्रिय नेपाली दलित शक्ति कतार संगठन निम्न कार्यसमिति सहित घोषणा भएको जानकारी गराउनुभ भएको थियो ।कृष्ण परियार काे संयाेजक कार्यक्रम समिति चयन भयकाे छ जुन निम्न अनुसार रहेको छ ।

संरक्षक – बिजय सुन्दास, सल्लाहकारहरु – दुर्गा सुनार, देब परियार, रमेश सिंह खाती, क्षितिज किरण गैरे, लक्ष्मण नहवाग पाण्डे, हिमालराज बिश्वकर्मा, बिष्णु बिक, संयोजक – कृष्ण परियार,उप संयोजक – सोम सुनाम, सचिव – भुवन बर्दैवा, कोषाध्यक्ष – सुवास सुन्दास, सह–कोषाध्यक्ष – अनिल परियार, सदस्यहरु – बिक्रम परियार, धनबहादुर रुचाल, राजु परियार , मनिलाल बिक, रमेश परियार, उमेश परियार, बिशाल रनपाल, यम बहादुर परियार

कार्यक्रमको अन्तिममा अन्तराष्ट्रिय नेपाली दलित शक्तिकतारका संयोजक एवम सो घोषणा तथा सन्देश सभाका सभापति श्री कृष्ण परियार ले अब प्रवासबाट पनि पनि अब दलित मुक्तिको भिजनलाई अगाडी बढायर सिंगो दलितहरुको हक र अधिकार प्राप्तीको लागी लागी पर्ने बताउनु भएको थियो त्यसै गरी आफ्नो निमन्त्रणा स्विकार गरेर पाल्नुहुने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु भएका कलाकार ,बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा उपस्थित सम्पुर्णमा हृदय देखी धन्यबाद आवार प्रकट गर्दै दिदै कार्यक्रम समापन गर्नु भयको थियो ।

यसै गरी सोही “घोषणा तथा सन्देश सभा” मा तिलिचन सदाको नेतृत्व सहित मधेशि समुहको सिंगो टिम नया शक्ति पार्टी÷अन्तराष्ट्रिय नेपाली दलित शक्तिमा प्रवेश गरेको छ जुन प्रवेशिहरुको नामवली यस प्रकार रहेको छ ।

गोबिन्द राम –अध्यक्ष , सचिब- अरुन सदा, सदस्यहरु राम कुमार, कुल देब सदा, सिताराम सदा, झुलल ठाकुर ,सरेन सदा, प्रमोद सदा, गन सदा, लुरी सदा त्यसैगरी अन्तराष्ट्रिय नेपाली दलित शक्तिकतारमा (नया शक्तिँ)प्रवेशिहरु
रबिन सिल्वाल, नर बहादुर राना, जम्बु राई, कुशल श्रेष्ठ, दान ब. मगर ,कुमार श्रेष्ठ रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend