साझा नेटवर्क
गुल्मी, भदौ ३०।
रेडियो स्काईका समाचार प्रमुख टोपलाल अर्याल उत्कृष्ठ कृषी पुरस्कारबाट सम्मानित हुनु भएको छ । पत्रकारिताको माध्यमबाट कृषी क्षेत्रको विकासको निम्ती उल्लेखनीय योगदान पुरयाएको भन्दै जिल्ला कृषी विकास कार्यालय गुल्मीले पुरस्कृत गरेको हो ।

कृषी विभागका महानिर्देशक युवक ध्वज जिसीले तथा बिउबिजन तथा गुण नियन्त्रण केन्द्रका धर्मदत्त बरालले अर्याललाई उत्कृष्ट कृषी पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभएको थियो । उहाँ संगै रेडियो रेसुङ्गाका समाचार प्रमुख नारायण प्रभात मरासिनी पनि सम्मानित हुनुभएको छ।
त्यस्तै जिल्ला कृषी विकास कार्यालयका हरि आचार्य र कलि साफी, तथा उत्कृष्ठ गाविस सचिवको रुपमा अम्मरपुरको गाविस सचिव नारायण महत र बलीथुम गाविस सचिव ओम प्रकाश खनाल सम्मानित हुनुभएको कार्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend