साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ ३० ।
नेपालीहरुको महान पर्व वडादसै नजिकिदै गर्दा बजारमा दसै सम्बन्धी गितहरु बज्न थालेका छन् । वडादसै सम्बन्धी कलाकारहरुले बिशेष गितहरु आउँदा बजारमा दसैको माहोल आउन थालेको छ । महान पर्व वडादसैको अबसरमा लोकप्रिय कलाकार सन्तोष केसीको दसै बिशेष गित सार्वजनिक भएको छ ।

केहि वर्ष लोक तथा दोहोरी क्षेत्रमा बिभिन्न गितहरु निकालेर चर्चा बटुल्न सफल गायक तथा गितकार केसीको यस वर्षको दसैलाई मध्यनजर राखेर ए परदेसी फर्कि आउ घर दसै गित बजारमा आएको छ । श्रीमतीले श्रीमानलाई दसैमा घर आउन गरेको आग्रह र घरमा लागेको रिनको कारण दसैमा घर आउन नपाएका कथा बस्तु गितमा तयार गितकार केसीले बताए ।
देसमा वढ्दो बेरोजगारी सगै पैसा कमउन प्रदेसमा गएका नेपालीहरुलाई महान पर्व वडादसै मनाउन श्रीमतीले आउन आग्रह गर्दा पनि साहुको ऋण तिर्नको लागी यस वर्ष पनि दसैमा आउन नपाएका कथा बस्तु गितमा समाबेश भएको केसीले बताए । चाड पर्व आउदा घर फर्किने मन हुँदाहुदा पनि बध्य बस प्रदेसमा बस्नु पर्ने बाध्यता रहेको प्रति कथा बस्तु गितमा रहेको केसीको भनाई छ ।
हिन्दु नेपालीहरुले वडादसैलाई महान पर्वको रुपमा मनाउने गर्दछन् । महान पर्व वडादसैमा स्वदेस तथा बिदेसमा रहेकाहरु मिलेसम्म आफु जन्मेको घरमा फर्किने र आफु भन्दा मान्य जनबाट टिका लागाई मान्ने प्रचलन छ । चाड पर्वमा बिदेसिएका परदेसी घर आउने गर्दछन् तर घर चलाउन लागेको ऋणका कारण महान पर्वमा पनि आउन नपाउनले बिदेसिएका नेपालीहरुको मार्मिक कहानीलाई गितमा समाबेश गरिएको गायक केसीले बताए ।
गितमा तिलकराम अधिकारीको शब्द, गायक केसीको लय रहेको गित एस एस डिजिटल प्रालिले बजारमा ल्याएको छ । गतको म्युजिक भिडियोमा शंकर बिसिको निर्देशन मोडल बावुराम बोहरा र रञ्जिता गुरुङ्गको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend