logo
  • शुक्रबार, असोज ९ २०८३

पश्चिम बागलुङका विभिन्न विधालयमा बालदिवस मनाइयो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

विमल खड्का,  बागलुङ भदौ २९ ।
विभिन्न कार्यक्रम गरी आज बाल दिवस मनाइएको छ । सम्वद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने मूल नारासहित यो दिवस मनाइएको हो । यसैबीच बुर्तिबाङ स्थित जनता सेकेन्ड्री ईलिस बोर्डिङ स्कुलले आफ्नो २६ औं वार्षिकोत्सव कायक्रमसँगै दिवस पनि मनाएको छ ।

विद्यालयले यस अघिपनि विभिन्न आन्तरिक तथा बाह्य कार्यक्रमहरु सम्पन्न गरेसँगै आज समापन कार्यक्रम गररेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष टंक प्रसाद पौडेलको अध्यक्षता, उत्तरगंगा माध्यमिक विद्यालय स्रोत केन्द्रका स्रोत व्यक्त बेदबहादुर बुढाको प्रमुख अथिति रहेको कार्यक्रममा रिभरहेड ईन्टरनेशनल एकेडेमीका म्यानेजिङ डाईरेक्टर चन्द्रलाल अर्यालको विषिष्ट अथितित्व रहेको बताए ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्य विभिन्न सरकारी तथा ग्रैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा विभिन्न विद्याका प्रतियोगीतात्मक क्रियाक्लवपमा सहभागी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको बताए ।

विद्यालयका शिक्षक बाबुराम नेपालीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन शिक्ष पुरन पाण्डेले गरेका थियो । आज वालदिवस भएका कारण विद्यालयका तर्फबाट शिक्षक, विद्यार्थी र अभिभावक सहितको टोलीले बजार परिक्रममा गरि विद्यालय प्राङगणमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

यस्तै बुर्तिबाङ स्थित न्यूमोर्डन एकेडेमीले पनि एक ¥याली सहित वालअधिकारका नारा लेखिएका प्लेकार्ड सहित बजार परिक्रमा गरि विद्यालय परिसरमा पुगेर कायृक्रम सम्पन्न गरेको छ । यस्तै रिभरहेड इन्टरनेशनल एकेडेमीले पनि ¥याली सहित प्लेकार्ड र बालअधिका।रका नारा लगाएर विद्यालयमा पुगि कार्यक्रम सहित वालदिवस मनाएको जनाएको छ ।

यसैबीच जिल्लाको भिमगिठेको वडा नम्बर ८ स्थीत बुद्ध माबि खालमा पनि आज वालदिवसका अवसरमा प्रा बि र माबि स्तरिय अन्तरसर्दनात्मक हाजिरीजभाव प्रतियोगिता भएका छन । जस्मा प्राबि तर्फ जनक सदन प्रथम द्धितिय बुद्ध सदन र भृकुटी सदन तृतिय भएका छन भने माबि तर्फ सिता सदन प्रथम बुद्ध सदन द्धितिय र भृकुटी सदन तृतीय भएका छन ।

कार्यक्रममा बिधालयका प्रअ कमल बहादुर अधिकारीको अध्क्षयता शिक्षक खिमान्द आचार्यको मन्तव्य र शिक्षक यादव धिमिरेले गरेका थिए । यस्तै भिमगिमै भिमगिठे आर्दश एकाडेमीले पनि बाल दिबस मनाएको छ । बाल दिबसको अबसर पारेर बाल अधिकार सम्बन्धी निबन्द लेखन तथा बेलुन पुटाई प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रिन्सीपल कृष्ण गुरुङको अध्क्षयता र सञ्चालन शिक्षक कमल चालिसेले गरेका थिए । उता बाल दिबस अबसरमा जिल्लाको पश्चिम तमानमा पनि गाविस स्तरमा गठन गरिएको तमान बाल क्लबले आयोजना गरेको गाबिस स्तरिय कार्यक्रम सम्पन्न भएको छ ।

क्लबले आयोजना गरेको कार्यक्रममा तमान गाउ बिकास समिति भित्रका ५ बिद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा १ देखि ५ सम्म चम्चा दौड प्रतियोगिता सम्पन्न गरिएको छ । जस्मा धनगौज्योति मा .बि तमानकी सपना बुढा प्रथम बिबेक सिउथानी द्धितिय अजुर्न घर्ति तृतिय र एलीना सिउथानी शान्तोना हुनुभएको छ ।

त्यस्तै कक्षा ६ ,७ र ८ सम्म हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको  थियो  । जसमा हिलसाईट बोडिङ स्कुल प्रथम धनगौज्योति मा .बि द्धितीय भएको छ । भने कक्षा ९ र १० का लागी बाल अधिकार शिर्षकमा निबन्धात्मक प्रतियोगिता सम्पन्न गरिएको छ ।

जस्मा धनगौज्योति माबिका भरत कुमारी रोका प्रथम तुल बहादुर रोका द्धितीय जीबन छन्त्याल तृतिय र हिलसाईट बोडिङ स्कुलकी दिपा घर्ति सान्तोना हुनुभएको छ । कार्यक्रममा धनगौज्योति माबिका शिक्षक प्रेम बहादुर बिक हिलसाईड बोडिङका शिक्षक अर्जुन घिमिरे र बिद्यार्थी किसोर बुढा लगाएतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

बाल क्लबका अध्क्षय दिपा घर्तिको अध्क्षयता स्बागत मन्तव्य बिद्याथी भरतकुमारी रोका र सञ्चालन शिक्षक दिनेश शर्माको रहेको थियो । त्यहाँबाट डिला बुढाले जानाकारी दिनुभएको छ । खुंखानीको वडा नम्बर ७ मा रहेको बिष्णु आधारभुत बिदयालयमा पनि आज वालदिवस मनाईको छ ।

विद्यालयमा आन्तरिक सदनात्मक बादबिबाद प्रतियोगिता सम्पन्न गरिएको हो । ९ जना प्रतियोगीले भाग लिएको प्रतियोगीतामा कक्षा ८ की छात्रा अस्मिता छन्त्याल प्रथम कक्षा ८ की छात्रा सुनिता छन्त्याल द्धितिय र कक्षा ८ का छात्र अनबिर बिक तृतिय हुनुभएको छ।

वालदिवसका अवसरमा बिदयालयले आयोजना गरेको कार्यक्रमा बाल क्लबकी अध्क्षय सुनिता  छनत्यालाको अध्क्षयता रहेको थियो। उक्त अवसरमा बिदयालका प्रअ ओम प्रसाद  छनत्यालाको मन्तव्य रहेको थियो । कार्यक्रमा शिक्षक रमेश खरेलको स्वागतमन्त्व्य क्लबका सचिब चन्द  श्रीपालीको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै आजको बाल दिवस सरस्वती प्राथामिक बिदयालय बुर्तिबाङ भबेटामा पनि मनाएको छ । कार्यक्रममा बाल बालिका हक सम्बन्धी नारा तथा प्ले काड सहित गाउ परिक्रमा गरिएको बताएको छ । बिदयालयले आयोजना गरेको अन्तरसर्दनात्मक हाजिरीजवाफ प्रतियोगितामा धौलागिरी सदन प्रथम अन्नपुर्ण सदन द्धितिय र माछापुच्छे सदन तीतृय भएको छ ।

बाल अधिकार सम्बन्धी कबिता बाचन प्रतियोगितामा प्रतिज्ञा श्रीपाली प्रथम हिमाल पौडेल द्धितीय र सुनिता केसी तृतीय हुनुभएको छ । भने पुच्छर तान्ने प्रतियोगितामा प्रेम भट्राई प्रथम शम्शेर परियार द्धितीय र दिपक पौडेल तृतिय हुनुभएको छ ।

कार्यक्रम संचालन शिक्षक नरिश्वर पाण्ड गर्नुेभएको थियो । नेपालको जनगणनाअनुसार १६ वर्ष मुनिका बालबालिकाको संख्या एक करोड ५ लाखभन्दा बढी अर्थात झण्डै ३९ प्रतिशत रहेको तथ्यांक छ । यस्तै बोहोरागाउँमा पनि आज बाल सञ्जाल बोहोरागाउँको आयोजनामा विभिन्न प्रतियोगीताहरु सम्पन्न भएका छन् ।

जस अनुसार अन्तर प्रावि स्तरीय हाजिरी जवाफमा १० विद्यालयको सहभागीता रहेको थियो । उक्त प्रतियोगीतामा बोहोरागाउँ लिटिलरोज बोर्डिङ स्कुल प्रथम, बोहारोगाउँ प्रावि द्धितिय र पूभा मावि तृतिय भएका छन् ।

त्यसतै निमावि स्तरीय अभिनय प्रतियोगीतामा प्रभा मावि प्रथम, जनमावि झीम्पा द्धितिय र ज्योति निमावि थापागाउँ तृतिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend