साझा नेटवर्क
काठमाडौँ, भदौ २९ ।
गायक ध्रुब बिस्कोको नया गीति एल्बम प्रियसी २ टाइटल गित बेबी तिम्रो नजरको चर्चा बेबी तिम्रो फिगरको चर्चा भन्ने गीतको म्युजिक भिडियोले अहिले चर्चाको शिखर चुम्दै छ । विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको यस म्युजिक भिडियोमा माया प्रेमका कुरा सहित मोडल मनीषाको नजर, फिगर र हसाइको चर्चा गरिएको छ ।
उक्त म्युजिक भिडियोमा गायक ध्रुब बिस्को आफै अनि मोडल मनिषा श्रेष्ठ र देबराज परियारको ससक्त अभिनय रहेको छ । साङ्गीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला चुम्दै गरेका नब गायक ध्रुबको यो गीतको म्युजिक भिडियो युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ ।
नेपाली साङ्गीतिक बजारमा भर्खरै आएको यस म्युजिक भिडियोले सम्पूर्ण संगीत प्रेमी हरुको मन जित्नेमा गायक ध्रुब बिस्को बिस्वस्त छन । उक्त म्युजिक भिडियोको निर्देशन बिबेक बिकले गरेका छन भने क्यामेरामा प्रेम खनाल छन ।
त्यस्तै मेकअप आर्टिस्टमा नन्दा अधिकारि रहेकी छन त्यस्तै गरि शब्द बिकल तिरुवा, स्वर/सङित ध्रुब बिस्कोको आफ्नै रहेको यस गीतको म्युजिक भिडियोमा मोडल मनिषा श्रेष्ठ र देबराज परियार रहेका छन । मोडल देबराज एक कुशल डान्सर समेत रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend