साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ २८ ।
केहि वर्ष यता नेपाली सांगितीक क्षेत्रमा चर्चामा रहेका गायक तथा संगीतकार रमेशराज भट्टराईको नयाँ गित सर्बजनिक भएको छ । लोक तथा दोहोरी गितबाट संगित क्षेत्रमा प्रबेश गरेका गितकार एबं गायक रमेशराज भट्टराई संगीतमा अब्बल संगीतकारको परिचय बनाईसकेका छन् भने भट्टराई पछिल्लो समय गायनमा पनि चर्चामा रहेका छन् ।
भट्टराईले आफनै सब्द संगीत र आवाज मा आधुनिक गीतहरु निकाल्न थालेपछी उनि चर्चा बटुल्दै गएका छन् । गितकार एबं भट्टराईले पछिल्लो केहि दिन यता नयाँ फिदा गित सर्वजनिक गरेका छन् । उनी यतिबेला कसैलाई राम्री देखेरै फिदा भएको कथा बस्तुमा नयाँ गित सार्वजनिक भएको बताए ।
हालै बजारमा आएको गितमा ‘ तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु’ भनेपछि यतिबेला भट्टराईको गित केहि दिनमै चर्चामा रहेको छ । मायाँ प्रमेमा आधारित कथा बस्तुमा तयार गरिएको गितमा भट्टराई कसैलाई देखेर फिदा भएको नभई उनको ‘फिदा’ एल्बममा रहेको शिर्ष गीत “तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु” सार्वजनिक गरेका हुन ।
भट्टराईको आफ्नै आवाज आफ्नै संगीत र आफ्नै शब्द रचनामा सार्वजनिक भएको छ । आधुनीक र लोक दोहोरीमा सफल भएका भट्टराईको ‘फिदा’मा रहेको उक्त गीत लोक पपमा तयार भएको बताए ।
गितको म्यूजिक भिडियोमा विकास फिरोज र सरु लामाको अभिनय रहेको छ भने एरेन्ज साहस शाक्यले गरेका छन् । पवन सिंखडाले सम्पादन गरेको म्यूजिक भिडियोलाई दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend