logo
  • शुक्रबार, साउन ८ २०८३

धन कामाउन परदेशिएका काफ्ले किन समाज सेवामा लागे


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

mitra-kaafleनेपालको स्याङ्जा जिल्लामा जन्मीएका मित्र काफ्ले क्यानडा र उत्तर अमेरीकाका शहरहरुका विभीन्न ठाउँमा वस्ने नेपालीहरुका माझ लोकप्रिय बनेको नाम हो ।

उनि लोकप्रिय अथवा सवै नेपालीहरुको प्रिय पात्र हुन लागेका धेरै वर्ष भने भएको छैन । त्यस्तै काफ्ले अगष्ट १४ मा अमेरीकामा भएको एएनए अर्थात अमेरीकन नेप्लीज एशोसियसन ईन नर्थ अमेरीकाको उपाध्यक्षमा समेत विजयी भएका हुन ।

निरन्तरको मिहेनत, लगाव र परिश्रमले आफुलाई यहाँसम्म ल्याउन सफल भएको वताउने काफ्ले समाजसेवाका विषयमा निकै खटेर लाग्ने व्यक्ती पनि हुन ।

अरु नेपालीहरु निरन्तर डलर कमाउने सुरमा रहदा उनि किन निरन्तर नेपालीहरुका समस्याका विषयमा लागि रहन्छन् ?, किन सधै आफु र आफ्नो व्यक्तीगत जिवन भन्दा माथी उठेर समाज सेवा भन्दै लागि रहन्छन त ?

यस विषयमा उनको भनाइ यस्तो छ

अहिलेसम्म कति काम गरें र के-के गरे भन्नु पर्दा मैले मोटामोटी रुपमा मात्र भन्छु! चाहेर नचाहेर पनि कसैलाई समस्या परेको खण्डमा त्यसको तुरुन्त उद्धार र सहयोग गर्नु पर्छ भन्ने मेरो मनदेखीको एउटा भावना छ । त्यही मानसिकताले होला समाजमा रहेका विभीन्न किसीमका समस्या हुँदा सहयोग र तुरुन्त काम गर्ने गरेको छु । कोही विमारी भयो भने, कसैलाई व्यक्तिगत समस्या परेको खण्डमा समेत मैले सक्दो सहयोग गर्ने गरेको छु । गतवर्ष गएको विनासकारी भुकम्पमा क्यानडावाट सहयोग पठाएर हुन्छ की, यहि पनि विभीन्न समस्यामा नेपालीहरुलाई उपचार देखी अरु के गरेर हुन्छ आदि ईत्यादी । खासगरी नेपालीहरुको पिडा चोटहरुमा महलम लगाउन निरन्तर गगीरहेको छु र सदैव लागि रहनेछु।

उनि हालसम्म आवद्ध भएका संघसस्थाहरु

क्यानडाजस्तो विकासित र ठुलो अर्थतन्त्र भएको देशमा कसरी वढ्दा हाम्रो समाजले विकासका निम्ती नियमहरु र तरिकाहरु सिक्न सक्छन्, त्यसैलाई अनुशरण गर्दै हाम्रो समाजले आफ्नो तथा मातृ भुमिको लागी पनि योगदान गर्न सकिन्छ भनेर क्यानडाकै पुरै देशमा पहिलोपटक नेपाली समुदायविच लायन्स ईन्टरनेश्नल क्लव ‘व्राम्टन माउन्ट एभरेष्ट लायन्स क्लव’ को स्थापना गरियो । उक्त क्लवमार्फत हामीले धेरै कार्यक्रमहरु गरेर समाजलाई अगाडी वढ्ने तथा यो देशमा समाजिक सेवा कसरी गर्ने भन्ने कुरा उजागर गरियो । यस क्लवको म चार्टर भाईस तथा फस्ट ईलेक्टेड अध्यक्ष हुँ ।

त्यस्तै म अगष्ट १४ मा अमेरीकामा भएको एएनए अर्थात अमेरीकन नेप्लीज एशोसियसन ईन नर्थ अमेरीकाको उपाध्यक्षमा समेत विजयी भएकाे छु । यस्तैगरी यहाँ छिरेको तेस्रो दिनमा क्यानडाको राम मन्दिरमा एनआरएन क्यानडाको स्थापना र त्यसलाई प्रजातान्त्रीक वाटोवाट कसरी अगाडी लैजाने भनेर राखिएको पिईसी अफ एनआरएनए क्यानडाको तथा समिती वनाउने भनेर राखिएको भेलामा परे, त्यसमा म एकजना भरखरै नेपालवाट आएको तर एनआरएनए आईसीसीका पनि गतिवीधीमा वढि अनुभव लिएर आएको मान्छे त्यसैले होला भेलामा मेरो पनि वोली सुन्ने माहोल बन्यो ।

तसर्थ सेलाएर वसेको एनआरएनएलाई हामी ९ जना क्रियाशिल व्यक्तीहरुले एडक्ट कमिटी गठन गरेर नवराज गुरुङलाई लिएर त्यसको अध्यक्ष वनाएर अरु ६ जना साथीहरु थप्दै पुर्ण रुप दिदै ईलेक्सन गराउने क्रममा धेरै संघर्ष र मिहेनत गरेर मेरो पनि ठुलो मिहेनत समय र वल वुद्धी लगाएर नवराज जिलाई अध्यक्षमा चुनाववाट जिताईयो र अरु कुनै पद आफुले आशा नगरी साथीहरु तथा पुराना नेपाली क्यानेडियनहरुलाई पुरा समर्थन र सहयोग गरेर म आफ्नो व्यक्तीगत सेटल डाउनतिर फोकसिङ गर्दै एनआरएन क्यानडालाई तन, मन र धन वचनले सहयोग साथ दिदै आएको छु ।

धर्म र धार्मिक र जिवनको परिभाषालाई यसरि लिन्छन काफ्ले

नेपालको स्याङ्जा जिल्लाको वालिङमा हिन्दु मध्यम परिवारमा जन्मिएका हुन काफ्ले  । उनि भन्छन सवै धर्म, कर्म, भाषा, जात, जातीहरुलाई सम्मान गर्नु पर्दछ ।  साथै  जिवन जन्म र मृत्यु विचको एउटा समय हो जहाँ थुप्रै कठिनाई, खुसी, हर्ष, विस्मात धेरै आईपर्छ । यि समस्याका विचमा संघर्ष गरेर अगाडी वढ्नुनै जिवन हो।

काफ्ले विश्वमा रहेका कोही व्यक्तीका लागी तन, मन, वचन र कर्मले सेवा पुराउने तथा नेपालीको शिर उच्च राख्नका लागी नर्थ अमेरीकाको मुख्य राजनितीक धारमा प्रवेश गरेर नेपाली र नेपालको शिर उच्च वनाउने काममा लागि रहेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend