साझा नेटवर्क
भारतको नागरिक उड्डयन मन्त्रालयले सामसुङ ग्यालेक्सी नोट ७ स्मार्टफोन हवाइ जहाजमा प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । डीजीसीएले सूचना जारी गर्दै फ्लाइटका दौरान यो मोबाइल अन र चार्ज पनि नगर्न हवाइ यात्रु र एयरलाइन्सहरुलाई भनेको छ ।

विभिन्न देशमा सामसुङ ग्यालेक्सी नोट ७ को ब्याट्री विस्फोटको खबरहरु आइरहेको छ । सामसुङ इण्डियाका एक प्रवक्ताले नागरिक उड्डयनको सूचनाबारे थाहा रहेको भन्दै उपभोक्ताको सुरक्षा र उनीहरुको मनको शान्ति आफूहरुको सर्वोच्च प्राथमिकता भएको बताएका छन् । उनले भनेका छन्, ग्यालेक्सी नोट ७ को विक्री भारतमा सुरु नै भएको छैन ।
यस प्रकारको सुरक्षा चिन्तालाई हटाउन हामीले विक्री रोकेका छौं । छिट्टै ग्यालेक्सी नोट ७ को नयाँ खेप पठाउने तयारीमा छैन ताकि ग्राहकलाई कुनै असुविधा नहोस् । सामसुङले १९ अगष्टमा ग्यालेक्सी नोट ७ लन्च गरेको थियो । तर, चार्ज गर्ने क्रममा ब्याट्रीमा आगो लाग्ने समस्या देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend