साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ २५।
मध्य पहाडि लोकमार्गको खर्वाङ खण्डमा सनिवार दिउसो २ घण्टा चक्काजाम हुँदा जनजिवन प्रभावित भएको छ। स्थानिय निकाय पुर्नसंरचना आयोग लाई जिल्ला प्राविधिक सुझाव समिति बागलुङले वुझाएको प्रतिवेदन मा ऐतिहासिक तथा साँस्कृतिक रुपमा एक रहेका गाविस टुक्र्याइएको र स्वार्थ अनुकुल केन्द्र कायम गरिएको भन्दै आन्दोलन गरेका स्थानियले दिउसो १२ वजे देखि २ वजे सम्म चक्काजाम गरेका हुन ।
जिल्लाका पाण्डवखानी, रिघा, शिसाखानी र दगातुन्डाडा गाविस एउटै गाउँपालिकामा हुनु पर्ने भन्दै सर्वदलिय तथा सर्वपक्षिय वैठक गरि शुक्रवार देखि आन्दोलन सुरु गरेका थिए। त्यस्तै आज वसेको संघर्ष समितिको वैठकले भोली आइतवार प्रभावित चार वटै गाविसमा पूर्ण हड्ताल गर्ने निर्णय गरेको छ। संघर्ष समितिका अनुसार भोली विहान ७ वजे देखि साँझ ५ वजे सम्म कुनै पनि यातायातका साधन चल्न नदिने, विद्यालय, सरकारी कार्यालय, वजार, सवै वन्द गर्ने निर्णय गरेको हो ।
एम्वुलेन्स, प्रेस लगाएतका साधनलाई भने कुनै अवरोध नगरिने संघर्ष उपसमितिका सहसंयोजक विना थापाले जानकारी दिनु भएको छ। गत श्रावण १९ गते खर्वाङमा भएको आठ गाविसको भेलामा पाँच गाविसले खर्वाङ केन्द्र वनाउने, एक गाविसले जलजला वनाउने र दुई गाविसले ग्वालीचौर केन्द्र वनाउनु पर्ने माग गरेका थिए । तर जिल्ला प्राविधिक समितिले त्यसो नगरेको गाविसको चाहना विपरित रिघा र पाण्डव खानीलाई गल्कोट नगरपालिकामा मिसाएको संघर्ष समितिले वताएको छ।
भौगोलिक, साँस्कृतिक, तथा ऐतिहासिक रुपमा एउटै कलष्टरमा रहेका गाविस टुक्रियपछि आन्दोलन गर्नुपरेको र समयमै माग पुरा नगरिय आन्दोलन थप चर्काउँदै २७ गतेवाट अनिश्चित कालिन आम हड्ताल समेत हुन सक्ने संघर्ष समितिले जनाएको छ। यसै विच चार गाविसका प्रतिनिधिहरुको वैठक सदरमुकाम बागलुङमा सम्पन्न भएको छ। वैठकले आइतवार जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय तथा राजनैतिक दलका कार्यालयमा ज्ञापन पत्र वुझाउने र घेराउ समेत गर्ने जनाएको छ।
यसै सन्दर्भमा नेपाली काग्रेस बागलुङका अध्यक्ष दिपेन्द्र वहादुर थापाले रिघा,पाण्डवखानी, शिसाखानी र दगातुन्डाडा गाविसलाई खर्वाङ केन्द्र वनाई लैजानुपर्ने वताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद शर्माले भाद्र १६ गतेको वैठकमा केहि कमजोरी भएकोले २६ गतेको वैठकमा सच्याईने वताउनु भएको छ। त्यस्तै बागलुङ क्षेत्र नं. ३ का सांसद ज्ञानकुमारी छन्त्यालले जनताको चाहना अनुरुप केन्द्र हुनु पर्ने र ति चार गाविसको चाहनालाई कसैले पनि नकार्न नसक्ने वताउनु भएको छ।
छन्त्यालले आफु त्यस क्षेत्रको जनप्रतिनिधि भएपनि पूर्नसंरचनाको विषयमा आफु संग कुनै छलफल नगरिएको वताउनु भएको छ । खर्वाङमा हाल पाण्डवखानी, रिघा, शिसाखानी, जलजला, दगातुन्डाडा, रणसिंह किटेनी, ग्वालीचौ र भिमगिठे हेर्ने गरि कृषि सेवा केन्द्र तथा इलाका वन कार्यालय, इलाका हुलाक कार्यालय रहेका छन् भने पशुसेवा केन्द्र, प्रहरी चौकी लगाएतका सेवा केन्द्रको रुपमा पनि खर्वाङलाई विकाश गरिएको छ ।
त्यस्तै जिल्ला विकास समिति बागलुङ मातहतको झण्डै ५० करोड वढिको भौतिक संरचना पनि खर्वाङमा रहेको छ भने विभिन्न संरचना निर्माणको लागी सार्वजनिक जग्गा समेत रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend