logo
  • शुक्रबार, असोज ९ २०८३

मोतिको १५१औ जन्म दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, भदौ २४। 
आदी गजलकार मोतिराम भट्टको १५१ औ जन्म दिबशको अबसरमा शुक्रबार राजधानीको शिल्पी थिएटर,बत्ति स्पुतलीमा मोतिलाई सम्झेर नामक कार्यक्रममा डा। हरि कुमार श्रेष्ठको दुई गजल सङ्ग्रह आकुरा र तरंगू  बिमोचन कार्यक्रम सम्पन्न गरिएको छ।

dsc_0064
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुल पतिडा। विष्णु विभू घिमिरेको प्रमुखआतिथ्यमा सम्पन्न यस कार्यक्रममा अर्का गजल कार लोकेन्द्र बन्जराको जैतुनू पनि बिमोचन गरिएको थियो। सोही अबसरमा गजल कार बुदरानालाई मोतिराम गजल साधना सम्मान २०७३ र संगीतकार सन्तोष श्रेष्ठलाई सेतु राम संगीत साधना सम्मान २०७३ ले पनि सम्मान गरिएको थियो।

फर्मोसाबाट नेपाली सुस्केरा कबिता सङ्ग्रहपछि प्रकाशन गरिएको यो दुई कृतिमा समसामयिक समाजमा घटि आएका घटनाहरुले बिशेष स्थान ओगटेको कुरा समिक्षक शैलेन्द्र अधिकारिले गरेका थिए भने गजल कारहरु डा।बिजय सुब्बा,रबिप्रान्ज,जिबन कुमारश्रेष्ठ लगयतले गजल बाचन गरेका थिए।

14291764_331416840525209_6310622508163286781_n

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चने पाल च्याप्टरका संयोजक भरत पौडेलको सभापतित्वमा  सम्पन्न भएको कार्यक्रमको उद्घोसक अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझा थिए। बिमोचित गजल सङ्ग्रहले नेपाली साहित्यमा नयाँ उचाइ थप्ने स्वतन्त्र लेखक तथा गजलकार राजेन्द्र गौतमले जानकारी दिए।

त्यस्तै नयाँ युवा पुस्तालाई समेत बिमोचित कृतिले साहित्यिक क्षेत्रमा लाग्ने उत्प्रेरणा मिल्ने गजलकार पदम कुमार श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend