logo
  • शनिबार, भाद्र २० २०८३

गायक छन्त्याललाई किन भयो “लास्टै टेन्सन”


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, भदौ २५ ।
“चाइना तिर जाम” एल्वमबाट चर्चा बटुलेका गायक यूवराज छन्त्याल “लास्टै टेन्सन भो” एल्बम लिएर दर्शक श्रोताहरुको माझमा आएका छन । गायक छन्त्यालको लय शब्द रहेको उक्त गीतमा गायक यूवराज छन्त्याल र चर्चित गायिका देविका के.सी.को स्वर रहेको छ ।
lastai-tenson-bho
गीतले आफ्नो सस्कृतिलाइ छोडेर विदेशी सस्कृतिको पछि लाग्नु हुन् भन्ने शन्देश बोकेको छ । छन्त्यालले “जहाजै चढेर बुर्तिबाङ्ग जाने हो”, सालैजो पोखराको बजारमा, चाइना तिर जाम, र फेस्बूक्ले हो हाम्रो भेट गराएको गीतमा स्वर दिइसकेका छन । “फेस्बूक्ले हो हाम्रो भेट गरको ” गीत भने अशोज १ बाट बजारमा आउने साझा नेटवर्क डटकम लाई जानकारी दिएका छन ।

रोजगारीको सिलसिलामा कतारमा कार्यरत गायक छन्त्यालले समय सान्दर्भिक गीत गाउदै आइरहेका छन । यतिबेला छन्त्याल आफ्नो गीत प्रोमोशनको लागि कतारका विभिन्न स्टेज प्रोग्रामहरुमा उपस्थिति जनाई रहेका छन ।

भर्खरै मात्र सार्वजनिक गरिएको “लास्टै टेन्सन भो” गीतको भिडियोमा स्मिर्ति तिमिल्सिना “गुरुआमा”को निर्देशन रहेको छ । सुरेश श्रेष्ठको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको गीतको भिडियोमा चर्चित मोडेल शंकर बि सी र रश्मि तामाङ्गको अभिनय गरेका छन । गीतलाई आशिष म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको हो ।


भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend