logo
  • शुक्रबार, असोज ९ २०८३

बाग्लुङको ढोरपाटन गाउपालिका नभई नगरपालिका प्रस्ताव गर्न स्थानीय सरोकारवालाको माग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बाग्लुङ ढोरपाटन भदौ २३ ।

बाग्लुङको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिले गाउ पालिकाको रुपमा प्रस्ताव गरेको ढोरपाटन गाउ पालिकालाई नगरपालिकाको रुपमा प्रस्ताव गर्न आज स्थानीय सरोकारवालाहरुले माग गर्ने निर्णय गरेको बताए ।

उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङको आयोजना तथा गाउ विकास समितिको कार्यलय बु्र्तिबाङको संयोजनमा भएको उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी त्यहाँका स्थानीय राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला संघ संस्थाका प्रतिनिधिबीच ब्यापक छलफल गरि यस्तो निर्णय गरेको बताए।

हाल प्रस्ताव गरिएका ७ गाउ विकास समितिहरु बुर्तिबाङ, अधिकारीचौर, बोबाङ, तमान, खुखानी, बोंगादोभान र खुगा गाउ विकास समितिको जनसंख्या अनुसार ३६ हजार ८ सय ४७ जनसंख्या रहेको र नगरपालिका हुनका लागि ३५ हजार जनसंख्या हुनुपर्ने मापदण्ड सहित अरुपनि मापदण्ड पू्राभएको देखिएकोले, तत्काल नगरपालिकाकैरुपमा प्रस्ताव गर्न माग गर्ने निर्णय गरिएको छ ।

केन्द्रमा तीन दलबीच भएको सहमति अनुसार तत्काल ३ दिनभित्र राय सुझाव र मागहरु पेश गरिने भनिएकोले बुर्तिबाङ केन्द्र रहने गरि ढोरपाटन नगरपालिकाकारुपमा स्थानीय तह निर्माण गर्न माग गरिएको छ ।
स्मरणीय छ, यस अघि पनि स्थानीय तहको पुर्नसंरचनामा स्थानीय चाहना विपरित गाउपालिका विभाजन गरिएको भन्दै बागलुङका ५ गाविसले विरोध जनाएको बताए ।

स्थानीय संरचनामा स्थानीयको जनभावना विपरीत गाउपालिका र नगरपालिका प्रस्ताव पेश गरिएको भन्दै सिगाना,रायडाडा,सुखौरा,पैयुथन्थाप र राङखानी गाविसका स्थानीयले बिरोध गरेका हुन् ।

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले बागलुङलाई दुई नगरपालिका र ६ गाउपालिकाको प्रस्ताव संघीय आयोगमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend