logo
  • शनिबार, साउन ९ २०८३

लोक दोहोरी प्रतिष्ठान गुल्मीको वृहत रक्तदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी भदौ २३ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा गुल्मीले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको । रगतको अभावबाट मृत्यु मुखमा पुगेकाहरुको जिवन रक्षार्थ निजामति कर्मचारी दिवसको अबसर पारेर सदरमुकाम तम्घासमा एकदिने बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
raktadan-lokdohori-gulmi
प्रतिष्ठान गुल्मीले आयोजना गरेको रक्तदान कार्यक्रममा जिल्ला बिभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान गरेका थिए । बुधवार सदरमुकाम तम्घासमा सम्पन्न रक्तदान कार्यक्रमम ७७ जनाले रक्तदान गरेका थिए । रक्तदानबाट ७७ युनिट रगत संकलन भएको प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले जानकारी दिनुभयो ।

raktadan-gulmiप्रतिष्ठान जिल्ला शाखा गुल्मीले सामाजिक क्षेत्रमा महत्वपूर्ण कामको थालनी गर्दै रक्त दान जिवन दान भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम राखिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा गुल्मीका अध्यक्ष जनक पन्थले बताउनु भयो ।
rkatadan-gulmi1
रक्तदान कार्यक्रमको लागी वुटवलबाट युवा रेडक्रस सरकलको प्राबिधीक सहयोग गरेको थियो । रक्तदान कार्यक्रमको लागी सह आयोजकमा गुल्मीका समाज सेवी मानबहादुर एबं मायादेवी फाउनडेसनले सहआयोजक भुमिका निर्वाह गरेको थियो । गुल्मी प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलन भएको रगत वुटवलको युवा रेडक्रस सर्कलले राख्ने भएको छ ।

संकलीत रगत गुल्मीमा कुनै पनि व्यक्तिलाई आश्यक परे प्रतिष्ठान गुल्मीको सिफरिसमा लिन सकिने अध्यक्ष पन्थले जानकारी दिनुभयो । नयाँ कार्यसमितीको निर्णय बमोजिम सामाजिक क्षेत्रम नयाँ कामहरु गर्ने अठोट अनुसार पनि उक्त कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका सचिव बसन्त खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend