साझा नेटवर्क
काठमाडौँ, भदौ २३।
परिवर्तनको लागि हाम्रो आवाज भन्ने मूल नारा सहित युवा पिढि बाटनै सकारत्मक समाज परिबर्तन गर्न सम्भव छ, भन्ने मुख्य सोचका साथ नेपालमै पहिलो पटक “मिस विस्वकर्मा २०१६” प्रतियोगिता आयोजना गरिदैछ ।तथाकथित पुरातन सोच बिरुद्द जातियता पहिचानको लागि क्रियटिभ इनसाइट मिडिया प्रालिले यस प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न पटक आयोजना गर्न लागिएको यस प्रतियोगितामा बिस्वकर्मा भित्रका करिब १०६ थरहरुलाइ लक्षित गरिएको छ ।
परिवर्तन मिडिया हाउसको ब्यबस्थापन रहने यस सौन्दर्य प्रतियोगिताको मुख्य उदेश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको छ।”मिस बिस्वकर्मा २०१६” को ग्राण्ड फिनाले यहि आउदो भाद्र ३१ गते शुक्रबार २०७३ आर्मी अफिसर्स क्लव टुडिखेलमा दिनको ठिक २:०० बजे हुदैछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend