logo
  • शनिबार, साउन ९ २०८३

गुल्मी नयाँ पोखरामा तिज गीत प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

प्रेम सुनार,  गुल्मी भदौ २२।
गुल्मी जिल्लाको दर्लामचौर गाविस नयाँ पोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प्रथम भएको छ ।
1st
कालिका निमावि दोहली ३ ढाँडाको समुह दृतिय र बुद्ध ज्याति युवा क्लव दोहली २ कल्यारको समुह तृतिय भएको छ भने तमु समाज दोहली छेडा बजारको समुहले सन्तावान पुरस्कारमैं चित्त बुझाउनु परेको । तर उत्कष्ट नृत्य पस्केर कार्यक्रममा आकर्षणकी पात्र बनेकी थिईन् कालिका निमावि हस्तीचौर –१ ढाँडाकी ८ वर्षिया वालिका अनिषा थापा । उनले यस वर्षको तीजमा जुन गाविसमा आयोजना गरिएको प्रतियोगितामा पनि उत्कृृष्ट पुरस्कार प्राप्त गरेर सवैलाई चकित पारकी छिन् । हरेक कार्यक्रममा विद्यालय र क्याम्पस तहका चर्चित नृत्याङक विद्यार्थी कहलाएका युवतीहरुलाई समेत पछाडी पारेर उनि आकर्षणको केन्द्र बन्दै आएका छिन् ।
2nd
गत वर्ष देखि विद्यालयमै नृत्य सिक्दै आएकी उनी भविश्यमा मोडलिङ्ग क्षेत्रमा चम्कीन चाहन्छीन् । उनलाई नृत्य सिकाउने शिक्षिका शर्मिला खत्रीले यति सानी ८ वर्षिया वालिकाले जुन ठाउको प्रतियोगिामा पनि उत्कृष्ट बनेर विद्यालयको शिर उचो पारेकोमा आफुहरु गर्वित भएको बताईन् । प्रथम पुरस्कार ७ हजार धनराशी शौजन्य गरेका थिए स्वर्गिय देविराम जि.सी र माता पुतली जिसीको सम्झानामा हाल मलेशियामा रहेका उनका छोरा दोहली ३ ढाँडाका ओमबहादुर जिसीले । दृतिय पुरस्कार ५ हजार ढाँडाकै सरम जिसीले छोरा सुरज जिसी मार्फत ।

3rdत्यस्तै तृतिय पुरस्कार ३ हजार हाल गरिवी निवारणमा कार्यरत दोहली ४ कुखरीका च्याना निवासी कल्पना जिसीले । सान्तवान पुरस्कार २ हजार दोहली ३ डिलबहादुर जिसीले शौजन्य गरेका थिए मलेशियामा कार्यरत ढाँडाकै यमबहादुर जिसीले । विशेष शौजन्य गरेका छन् सफल क्रियशनका प्रवन्ध निर्देशक नेत्र अर्याल र विनय खत्रीले । कार्यक्रम स्थलमा पनि सहयोेग गर्नेहरुको राम्रै लहर थियो ।

कार्यक्रमको प्रमुख अतिथ्यता नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवं यस भेगका समाज सेवी लक्ष्मण विष्टले गरेका थिए । कार्यक्रममा प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार, जिल्ला स्थानिय निकायका सदस्य चुरा विष्ट , क्षेत्रिय सदस्य मानबहादुर बस्नेत दर्लामचौर गाविसका निर्वतमान उपाध्यक्ष महेन्द्र अधिकारी , एमाले दोहली गाउँ कमिटी अध्यक्ष विष्णु सुनारको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै नेकपा एमाले दोहली गाउँ कमिटीका सचिव , प्रताव सुनार , सुन्तला देखि निमावि नयाँपोखरा व्यवस्थापन समिति अध्यक्ष नन्दराम अर्याल , कार्यवाहक प्रधानध्यापक डम्वर विष्ट , ईस्मारजस्थल प्रहरी चौकीका प्रहरीह हवल्दार खिमबहादुर बिश्वकर्माको विशेष अतिथ्यता रहेको थियो ।

तिज गीतका अलवा स्थानि कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरञ्न प्रदान गरेका थिए । जनजागृति युवा क्लव दोहली ३ ढाँडाका अध्यक्ष अर्जुन जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विजय खत्रीले गरेका थिए भने सचिव नविन जिसीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend