logo
  • शनिबार, साउन ३० २०८३

खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी भदौ २२।
गुल्मीको न्यु सदावाहर युवा क्लव वलिथुम २ टारीले खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ । क्लवको चौथो वार्षिकोत्सव तथा हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा सहभागी चार टिमलाई पछाडी पार्दै कालिका युवा क्लव पराल्मी प्रथम भएको छ ।
paralmi
त्यस्तै हिमालयन युवा क्लव वलिथुम दृतिय र वलिथुम नरहरी कँडेल माविको समुह तृतिय भएको छ । स्थानिय जेष्ठ नागरिक नेत्रलाल गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा राजनैतिक दलका प्रतिनिथी शिक्षक बुद्धिजिवीहरुको विशेष आतिथ्यता रहेको थियो ।

क्लवका अध्यक्ष सुरेश कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव निर्मल गौतमको सञ्चालन रहेको सहकर्मी मोहन गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend