logo
  • शुक्रबार, असोज ९ २०८३

मानव वेचविखन तथा ओसार पसार विरुद्ध दशौ राष्ट्रिय दिवस सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी भदौ २१।
‘एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने नाराका साथ आज देशभर मानव वेचविखन तथा ओसार पसार विरुद्ध दशौ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । गुल्मी जिल्लामा महिला तथा बालबालिका कार्यालयको समन्वयमा सृजनशिल सामुदायिक विकास केन्द्र, अनौपचारिक सेवा केन्द्र (इन्सेक), मानव अधिकारका लागी महिला एक महिला, महिला मानव अधिकार संगठन र नेपाल मानव अधिकार रक्षक संजालले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए ।
14233782_1331807020177610_1279494742_o
२०६४ जेष्ठ ११ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाउन थालिएको हो । नेपाल सरकारले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याई सकेको छ । साथै मानव बेचबिखन तथा ओसारपसारबाट उद्धार गरिएका पीडित र प्रभावितहरुको लागि शारीरिक तथा मानसिक उपचार सहित संरक्षण सेवा प्रदान गरी सामाजिक रुपमा पुर्नस्थापना गर्ने निर्णय गरेको छ ।

14215708_1331807006844278_2011008550_oपारिवारिक पुनस्र्थापना गराउने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा स्थापना गरिएका र गरिने पुर्नस्थापना केन्द्रका काम कारवाहीलाई व्यवस्थित रुपले संचालन गर्ने र कार्यविधिगत प्रक्रियामा एकरुपता कायम गर्न पुर्नस्थापना केन्द्र संचालन निर्देशिका, २०६८ कार्यान्वयनमा आइसकेको छ । ऐन नियममा भएको व्यवस्था बमोजिम हालसम्म उद्धार गरिएका वा बेचबिखनमा परी फर्केका पिडितहरुलाई सेवा दिन सक्ने गरी काठमाडौ, सिन्धुपाल्चोक, कैलाली झापा, पर्सा, रुपन्देही, चितवन र बांकेमा स्थानीय गैर सरकारी संस्थाहरु संगको सहकार्यमा एक–एक वटा पुनस्र्थापना गृह सञ्चालन भईरहेका छन ।

यसरी बिगतमा गैर सरकारी स्तरमा मात्र सिमित रहेको यो अभियानमा राज्यको संलग्नता स्थापित भएको छ । त्यसैगरी मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन एवं नियम बमोजिम पिडित तथा प्रभावितहरुको उद्धार, पुनस्र्थापना, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्शका लागि राष्ट्रिय कोषको स्थापना भैसकेको छ ।

गुल्मी जिल्लामा मानव बेचबिखन तथा ओसार पसारको स्थिती राम्रो भएपनि चुप लागेर बस्ने अवस्था नरहेको जिल्ला न्याधिस मातृका प्रसाद मरासिनीले बताउनुभयो । अन्तरक्रियालाई संबोधन गर्दै प्रमुख अतिथी समेत रहनुभएका मरासिनीले मानव बेचबिखन तथा ओसार पसार गर्ने पेशेवरहरुले लैजाने प्रक्रिया परिवर्तन गरेकाले समयमै सचेत रहनुपर्ने बताउनुभयो ।

जागिरको प्रलोभन, बैदेशिक रोजगार, आर्थिक प्रलोभन तथा नक्कली बिबाह समेत गरेर कैयौ व्यक्तिहरुलाई बेच्ने गरेको भन्दै यो बिषय संग जोडिएका सरकारी तथा गैरसरकारी कार्यालयहरुले जिल्लामा विपन्न बस्तीहरुमा जनचेतनामुलक कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो । साथै उहाँले यस सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बनेका कानुन र भएका प्रयासको बारेमा जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको जिल्ला कार्यसमितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले अवस्था सन्तोषजनक रहेपनि प्रचारप्रसार र कार्यक्रमहरु प्रयाप्त नभएको बताउनुभयो । उहाँले तथ्यांक बिहिन कार्यक्रम सान्दर्भिक नहुने भएकाले आगामी दिनमा महिला तथा बालबालिका कार्यालयले बार्षिक कार्यक्रममा यो बिषयलाई स्थान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी बिष्णु कुमारी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथी सरकारी वकिल कैलाश केशी, नागरिक समाजका गुणानिधी शर्मा, उद्योग बाणिज्य संघका दुर्गा पाण्डेय, मानव अधिकार अधिकृत गणेश श्रेष्ट, राप्रपा नेपालका अनिल कक्षपति, महिला नेतृ ललिता गौतम, अखण्ड पार्टी नेपालका नेत्र बस्नेत, रेणुका पन्थी लगाएतले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको जिल्ला कार्यसमितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको अध्यक्षता, महिला मानव अधिकारकर्मी सिता भुसालको स्वागत तथा महिला तथा बालबालिका कार्यलयकी इन्दिरा थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend