साझा नेटवर्क
केशव कंडेल, कतार ।
नेपाली नारिहरुको महान चाड हरीतालिका तिजको अवसरमा फेवा सांस्कृतिक परिवार दोहा कतारले “हरितालिका तिज सांस्कृतिक कार्यक्रम २०७३” सम्पन्न गरेको छ । कार्यक्रम कतारको बिन ओम्रान स्थित द गार्डेन भिलेज रेस्टुरेन्टको सभा हलमा गत शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा फेवा सांस्कृतिक परिवारका संयोजक बिकी बि.कको सभापतित्व रहेको थियो । एन.आर.एन.ए.आई.सी.सी. सदस्य हंसराज ढकाल क्षेत्रिको प्रमुख आतिथ्यता तथा कास्की आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद राना मगर, फेवा सांस्कृतिक परिवारका संस्थापक संयोजक आश बहादुर गुरुङ, कास्की आदर्श सेवा समाजका सल्लाहकारहरु धुर्बराज अधिकारी, बिमल सुबेदी, रेशम बस्नेत फेवा सांस्कृतिक परिवारका सल्लाहकार हरिविनोद अधिकारी, कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका बिधान संयोजक बिल बहादुर गुरुङ, संस्थापक कलाकार सावित्री गिरी, समाजसेवीहरु चाणक पोखरेल,क्रान्ति सिंह तथा नेपालबाट आएका चर्चित कलाकारहरु चन्दा कार्की, लक्ष्मी नेपाली बिशेष अतिथि रहेका थिए ।

तेस्तै कतारका बिभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवीहरु,पत्रकार लगायतलाई अतिथीको आसन ग्रहण गराईएको थियो । कार्यक्रममा सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुपमा ब्यानर अनावरण, दिप प्रज्वलन, नेपालि राष्ट्रिय गान तथा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौन धारणा संगै कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा लक्ष्मी गिरिले उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेकी थिईन ।

कार्यक्रममा राष्ट्रिय चर्चित गायिकाको धमाकेदार प्रस्तुतिले उपस्थितहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए भने स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको थियो । प्रवासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रवासमा भएपनि आफ्नो संस्कृतिलाई जगेर्ना गर्नलाई आयोजना गरिएको उक्त “हरितालिका तिज सांस्कृतिक कार्यक्रम २०७३” मरुभुमिको देश भएता पनि नेपालको झल्को मेटिने गरी नेपाली चेलीहरु रातो सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएर सिंगारिएका दिदीबहिनीहरु खुशी हुँदै कम्मर मर्काई मर्काई तिजका विभिन्न भाकाहरुमा कार्यक्रमको अन्त्यसम्म नृत्य गरेका थिए ।

कार्यक्रममा सम्पूर्ण महिलाहरुको तर्फबाट गायिका तथा संस्थापक कलाकार सावीत्री गिरीले आफ्नो प्रस्तुति संगै मन्तव्य राखेकी थिईन । तेस्तै मन प्रसाद राना मगर, आश बहादुर गुरुङ तथा प्रमुख अथितिले मन्तव्य राखेका थिए । कार्यक्रमलाई विभिन्न तवरबाट आर्थिक नैतिक र भौतिकरुपमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुको हातबाट सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रमलाई बसन्त फिल्मस् प्रा.लि, मितेरी फिल्मस् सांस्कृतिक समूह, तमु प्ये ल्हु संघ कतार, स्याङ्जा सहयोग समाज सांस्कृतिक समूह तथा बिश्वकर्मा सांस्कृतिक समूह लगायतका संस्थाले विभिन्न तवरबाट सहयोगी भूमिका निर्वाह गरेका थिए । साथै साझा नेटवर्क डटकम मिडिया सहयोगीको रुपमा रहेको थियो ।

अन्त्यमा कार्यक्रमका सभापति बिक्की बि.क.ले कार्यक्रमलाइ सभ्य एवम भव्य रुपले सफल बनाउन सहयोग गर्न हुने सम्पूर्ण संघ-संस्था, समाजसेवी, बुद्दिजिबी,पत्रकार, राष्ट्रिय एवं स्थानीय कलाकारहरु तथा कार्यकममा उपस्थित सम्पूर्ण महिला दिदीबहिनीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम जीवन सुनार तथा तुल बहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend