logo
  • शुक्रबार, असोज ९ २०८३

अमर युवा क्लवद्धारा आयोजित तिजगित कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे, गुल्मी भदौ २१।
न्यु खस्थोक अमर युवा क्लब मुसीकोट १, २, ३ गुल्मीले खुल्ला तिज गीत प्रतियोगीता सम्पन्न गरेको छ । क्लबका अध्यक्ष राजेश महतको अध्यक्षता रहेको कार्यक्रममा नेपली काङ्ग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले मुसीकोटमा पहिले भन्दा अहिले सबै तवरबाट बिकास भएको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले यस क्षेत्रका महिलाहरु बिभिन्न समुहहरुको माध्यम मार्फत सक्रिय हुँदै गएको र यस्ता कार्यक्रमहरुले महिलाहरुले अझै अधिकार प्राप्त गर्नै बताउनुभएको थियो । महिलाहरुलाई प्रकृतिले नै प्रजातान्त्रिक बनाउदै लगेको बताउँदै सचिब पन्थीले मुसीकोटको बिकासको लागि आफु सधै प्रतिबिद्ध भएको बताउनुभयो । उहाँले राजनीति गर्ने मान्छेले जनताको मर्म बुझेर अगाडी बढ्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका कोषध्यक्ष हरि केसी, क्षेत्र नम्बर २ का क्षेत्रीय सचिब पुर्ण केसी, रेसुङ्गा नगरपालीकाका तरुण दल सभापति कृष्ण पाण्डेय, नेकपा एमाले मुसीकोट गाँउ कार्य समितिका सचिब महेन्द्र घिमिरे, नेबिसंघका रेसुङ्गा बहुमुखी क्याम्पसका सचिब रोशन सिँह ठकुरी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य कौरब खत्री, नेपाल राष्ट्रिय त्रिभुबन माबि मुसीकोटका प्रद्यानाध्यापक तेज बहादुर महत लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

९ समुहहरुको सहभागीता रहेको कार्यक्रममा खस्थोक माबि मुसीकोट ३ समुह ए प्रथम, न्यु सिर्जनशील युबा क्लब मुसीकोट ६ द्धितिय तथा सिरुँगा क्रियाशील युबा क्लब पौदी तृतिय भएका छन । कार्यक्रमको सञ्चालन क्लबका सचिब कृष्ण प्रसाद घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend